१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

१२ मंसिर २०७७, शुक्रबार ०८:३७

मङ्सिर १२, वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । 

वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा सो कम्पनीले रु दुई लाख ५१ हजार जरिवाना तिर्नुपरेको छ । सो सप्लायर्स नीरजकुमार गुप्ताको नाउँमा दर्ता भएको छ । 

बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको नेतृत्वमा गएको टोलीले सो फर्ममा छापामार्दा उक्त मूल्य बराबरको भारतको बैंग्लोरमा रहेका निल पर्फुमरी वर्कसमा निर्मित केवडा, चम्पा र रजनीगन्धा नाम गरेको अगरबतीको खाली खोल बरामद गरेको थियो ।

स्थानीय केही अगरबत्ती बनाउने कम्पनीले भारतमा निर्मित चर्चित अगरबत्तीको खाली खोल ल्याएर त्यसभित्र स्थानीयस्तरमा उत्पादित अगरबत्ती प्याकिङ गरी बिक्री वितरण गरिहरेको सूचनाको आधारमा सो फर्ममा छापामारी मार्दा अगरबत्तीको खाली खोल भेटिएकाले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलीप खंग खत्वेले राससलाई बताउनुभयो ।

अनुगमन टोलीले उक्त फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम उपभोक्तालाई ढाटेर, झुक्याएर बिक्री गरेको कसुरमा सोही ऐनको दफा ३९ को खण्ड (घ) बमोजिम २ लाख ५१ हजार जरिवाना गरिएको बताइएको छ ।  

टोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षण पुष्कर भण्डारीको सहभागिता थियो ।

यस सम्बन्धमा थप जानकारीका लागि फर्मका प्रोप्राइटर नीरजकुमार गुप्तासँग सम्पर्क गर्दा हामीसँग खरिद गरेको भ्याट बिललगायत आवश्यक सबै कागजात भए पनि पसल बाहिर रहेका कामदारसँग सो अगरबत्तीको खाली खोल समातेकाले यसमा हाम्रो संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको घुमुवा प्रहरी टोलीले मीनाबजारको टांगा स्टेण्डमा रहेको राजकुमार प्रसादको गोदाममा प्रहरीले छापामारी तस्करी भई आएका करिब १६ बोरा प्याज नियन्त्रणमा लिएको छ । भारतले अन्य देशमा प्याज निकासीमा रोक लगाएपछि अहिले भारतीय बजार रक्सौलबाट क्यारियरमार्फत तस्करीका प्याज वीरगञ्ज बजारमा आउने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने