२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङका गाउँपिच्छे सडक तर छैनन् पुल

१२ मंसिर २०७७, शुक्रबार ०९:५०

रामबहादुर थापा । मङ्सिर १२, बागलुङ । वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् । पुल नहुँदा चालक र यात्रुलाई सास्ती छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि १५ किमि दूरीमा रहेको नर्जा पुग्न छ ठाउँमा खोला तर्नुपर्छ । वडा नं ३ को तमान गाउँ र २ को बोङ्खानी जाँदा पनि दुई÷दुई पटक खोला भेटिन्छ । तमान, बोङ्गा र नर्जाखोला छेउछाउ भएर गएका सडकले सिङ्गो गाउँपालिकालाई यातायातको सञ्जालमा जोडेका छन् ।

सडक विस्तार तीव्र भएपनि बाह्रैमास यातायात सहज छैन । त्यसो हुनुको एउटै कारण हो खोलामा पुल नहुनु । वर्षायाममा त गाउँपालिका जोड्ने बुर्तिबाङ–बोङ्गादोभान सडक पनि रोकिन्छ । मध्यपहाडी लोकमार्गदेखि उक्त सडकको दूरी जम्मा दश किमि छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण जिम्मा लिएको उक्त खण्डका दुई पुल अझै निर्माणाधीन अवस्थामा छन् । ढोरपाटन नगरपालिका–४ को हुन्द्राफेदी र तमानखोला–२ को भालिबाङमा पुल बनेपछि बोङ्गादोभानसम्मको यातायात सहज बन्ने छ ।

ती पुल आउँदो वर्षायामसम्म बनाइसक्ने प्राधिकरणको लक्ष्य छ । समयमा पुल नबने तमानखोलावासीको सास्ती फेरि दोहोरिने पक्का छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पुल निर्माणमा ढिलाइ हुन नहुने बताउनुभयो । 

“ती दुई पुल बन्दा गाउँपालिका केन्द्रसम्म बाह्रैमास यातायात चल्छ”, उहाँले भन्नुभयो, “अहिले खोला घटेकाले हिम पाइप राखेर त्यहीमाथिबाट सवारी चल्ने बनाएका छौँ ।” प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का इञ्जिनीयर हरिशचन्द्र बडुले तोकिएको समयसीमामै पुल बन्ने बताउनुभयो ।

उहाँका अनुसार हुन्द्राफेदीमा बनिरहेको लुकुरवन खोला पुलको काम ५० प्रतिशत सकिएको छ । आउँदो चैतभित्रै उक्त पुल सञ्चालनमा आउने छ । रु तीन करोड ६६ लाखको लागतमा निर्माण कम्पनी कर्ण–प्रदीप–जुम्लीले पुल बनाइरहेको छ । अघिल्लो मङ्सिरदेखि उक्त पुलको काम शुरु भएको थियो ।

यस्तै भालिबाङ खोला पुल पनि आउँदो असारभित्रै सक्ने गरी निर्माण कम्पनी नयाँबाटो–सूर्योदय–जिएस–जुम्लीले जिम्मा लिएको छ । रु चार करोड ४२ लाख लागत रहेको उक्त पुलको काम पनि धमाधम भइरहेको इञ्जिनीयर बडुले बताउनुभयो । गत असोजदेखि निर्माण थालिएको पुलको सम्झौता अवधि जम्मा ९ महिना छ ।

“आउँदो वर्षायामअगावै दुवै पुल सञ्चालनमा आउँछन्, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार नै काम गरिरहेका छन्”, इञ्जिनीयर बडुले भन्नुभयो । बुर्तिबाङ–बोङ्गादोभान सडकस्तरीकरणको काम पनि प्राधिकरणले नै गरेको हो । सडक राम्रो भएपछि अहिले पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि आधा घण्टामै तमानखोला पुग्न सकिन्छ ।

अध्यक्ष बुढाले गाउँपालिकाका अन्य ठाउँमा पनि पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो । धेरै ठाउँमा पुल बनाउनुपर्ने भएकाले गाउँपालिकाको स्रोतले मात्र नधान्ने उहाँको भनाइ छ । सडकलगायत पूर्वाधार विकासमा गति लिइरहेको तमानखोलामा पुलको खाँचो छ । “पुल बनेर बाह्रैमास यातायात चल्ने अवस्था आएमा स्थानीयवासीको दैनिकी थप सहज बन्छ”, उहाँले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य