१७ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

१४ मंसिर २०७७, आईतवार ०२:३५

मङ्सिर १४, काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । 

महासङ्घको निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाउनुभएको थियो । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र  प्रधानले ३९ मत प्राप्त गर्नुभयो । त्यसैगरी  ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गर्नुभयो । 

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गर्नुभयो । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । 

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको थियो । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी हुनुभयो । उहाँहरु दुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिनु भएको थियो । 

वस्तुगततर्फ विजयी हुनुभएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाउनुभयो । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले  ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गर्नुभयो । 

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी हुनुभएको छ । संघाईले ४५५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गर्नुभयो । महासङ्घको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी हुनुभएको छ । यस्तै, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी हुनुभएको छ । 

मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,  “अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कस्तो छ फिल्म ‘लाज शरणम्’को टिजर? एकीकृत समाजवादीको आरोप : अध्यादेशमार्फत सरकारले देश लुट्ने काम गर्‍यो भागदौडपछि महाकुम्भमा लाग्यो भयानक आगो विपिनको रिहाइबारे इजरायली अधिकारीले नेपाली राजदूतलाई भने– तयारी अवस्थामा रहनू अघिल्लो सरकारले कोमामा पुर्‍याएको अर्थतन्त्रलाई आईसीयूमा ल्याइयो, छिट्टै लयमा आउँछ: सञ्चारमन्त्री आशिकालाई हिरासतमा भेटेपछि सुमनाको टिप्पणी : शक्तिकेन्द्रसम्म पहुँच नभएकालाई पेल्ने नियत भो त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित ‘एक्टर : टेक वन’ प्रदर्शनको बाटो खुल्यो, दुई पक्षबीच सहमति अमेरिकामा ६७ जनासहित विमान र सैन्य हेलिकप्टर ठोकिएर यसरी खसे नदीमा (भिडिओ) अमेरिकामा विमान दुर्घटनाबारे के भने राष्ट्रपति ट्रम्पले ? त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्याण्ड्सद्वारा नेपाललाई १५८ रनको बलियो लक्ष्य अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: यस्तो छ घटनाको विवरण र अहिलेसम्मको नतिजा हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, आज रिहा हुने सूचीमा परेनन् ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्युठानमा एक जना पक्राउ त्रिकोणात्मक टी-२० आई सिरिज: नेदरल्यान्ड्सविरुद्ध टस जितेर सुरुमा बलिङ गर्दै नेपाल खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु अमेरिकामा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमै ठोक्किए : १८ शव फेला पर्‍यो पूर्व सांसद साहद्वारा जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग उपाधिका लागि सङ्कटा र बागमतीबीच आज फाइनल खेल हुँदै सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ : देउवा