२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीका सात स्थानीय तहमा अस्पताल निर्माण हुने

२०७७, १५ मंसिर सोमबार ११:१३

 मंसिर १५, बैतडी | नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । 

जिल्लाका दुई स्थानीय तहमा १५ शैया र पाँच स्थानीय तहमा १० शैया गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाको न्वाउदेउमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको हो । 

यस्तै सुर्नयाको रौलेश्वरमा, डिलाशैनी गाउँपालिकमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, पञ्चेश्वर गाउँपालिकाको कुलाउमा र दोगडाकेदार गाउँपालिकाको सित्तडमा १०र१० शैयाको अस्पताल शिलान्यास गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकामा निर्माण हुने अस्पतालको सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट र गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।  

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।  उनले भने, “स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यो हकलाई प्रत्याभूत गर्न तिनै तहका सरकार लागिपरेका छन्”,  स्वास्थ्य सेवा नागरिकको आधारभूत सेवा भएकाले यो सेवा प्रत्याभूतका लागि सरकारकोतर्फबाट पहल भइरहेको छ”, उनले भने, “पालिकास्तरमा स्थापना भएका अस्पतालले स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग पुग्नेछ, सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’का रुपमा पनि लिएको छ ।”यस्तै सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले गाउँपालिकावासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका गाउँपालिकाले पहल गरिरहेको बताए । पालिकास्तरमा बन्ने अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए । 

सङ्घीय सरकारले १५ शैयाको अस्पतालका लागि एक करोड र १० शैयाको अस्पतालका लागि ८५ लाखका दरले बजेट पठाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै