२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङमा एकै दिन पाँच अस्पतालको शिलान्यास, कहाँ-कहाँ बन्दैछन् अस्पताल ?

२०७७, १५ मंसिर सोमबार १३:१४

मङ्सिर १५, धादिङ | जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, गंगाजमुना र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्सित भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । गाउँपालिका अध्यक्ष शम्भु थापाले सरकारले रकम उपलब्ध गराएपछि गाउँपालिकाको समेत लागतमा अस्पताल निर्माण गर्न लागिएको बताउनुभयो । यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा १० श्ययाको अस्पतालको आज पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले शिलान्यास गर्नुभएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले गाउँमै अस्पताल बनाउन सङ्घीय सरकारले गरेको सहयोगको उपयोग गर्दै स्थानीय सरकारले अस्पताल बनाउन लागेको बताउनुभएको छ । यो भवनको रु १८ करोड ८७ लाखमा निर्माण सम्पन्न हुनेछ ।  

त्यस्तै ज्वालामुखी गाउँपालिकाको मैदीमा १५ श्ययाको अस्पतालको सङ्घीय सांसद खेम लोहनीले शिलान्यास गर्नुभएको छ । गाउँमै अस्पताल  बनाएर स्वास्थ्यकर्मी भएपछि जनताले गाउँमै रहेको सरकारको महसुस गर्ने सांसद लोहनीले बताउनुभएको छ । बेनिघाटरोराङ गाउँपालिका बेनिघाटमा १० श्ययाको अस्पताल निर्माण शुरु गर्नका लागि आज गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले एक समारोहबीच शिलान्यास गर्नुभएको छ । यो अस्पतालको लागत रु १० करोड ८३ लाखको लागतमा निर्माण हुनेछ । यसैगरी गङ्गाजमुना गाउँपालिका फूलखर्कमा पाँच श्ययाको अस्पतालको संविधानसभा सदस्य धनबहादुर घलेले शिलान्यास गर्नुभएको छ । यो अस्पताल रु एक करोड ७० लाखमा निर्माण हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा