४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङमा एकै दिन पाँच अस्पतालको शिलान्यास, कहाँ-कहाँ बन्दैछन् अस्पताल ?

१५ मंसिर २०७७, सोमबार १३:१४

मङ्सिर १५, धादिङ | जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, गंगाजमुना र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्सित भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । गाउँपालिका अध्यक्ष शम्भु थापाले सरकारले रकम उपलब्ध गराएपछि गाउँपालिकाको समेत लागतमा अस्पताल निर्माण गर्न लागिएको बताउनुभयो । यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा १० श्ययाको अस्पतालको आज पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले शिलान्यास गर्नुभएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले गाउँमै अस्पताल बनाउन सङ्घीय सरकारले गरेको सहयोगको उपयोग गर्दै स्थानीय सरकारले अस्पताल बनाउन लागेको बताउनुभएको छ । यो भवनको रु १८ करोड ८७ लाखमा निर्माण सम्पन्न हुनेछ ।  

त्यस्तै ज्वालामुखी गाउँपालिकाको मैदीमा १५ श्ययाको अस्पतालको सङ्घीय सांसद खेम लोहनीले शिलान्यास गर्नुभएको छ । गाउँमै अस्पताल  बनाएर स्वास्थ्यकर्मी भएपछि जनताले गाउँमै रहेको सरकारको महसुस गर्ने सांसद लोहनीले बताउनुभएको छ । बेनिघाटरोराङ गाउँपालिका बेनिघाटमा १० श्ययाको अस्पताल निर्माण शुरु गर्नका लागि आज गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले एक समारोहबीच शिलान्यास गर्नुभएको छ । यो अस्पतालको लागत रु १० करोड ८३ लाखको लागतमा निर्माण हुनेछ । यसैगरी गङ्गाजमुना गाउँपालिका फूलखर्कमा पाँच श्ययाको अस्पतालको संविधानसभा सदस्य धनबहादुर घलेले शिलान्यास गर्नुभएको छ । यो अस्पताल रु एक करोड ७० लाखमा निर्माण हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ