मंसिर १६, काठमाडौँ | आज नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ | काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको हो |
पोल सार्नेलगायत काम गर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले जनाएको छ | सूचनामा भनिएको छ,‘रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुनेछ | ’
त्यस्तै मंगलबार र बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत सप्लाइ बन्द गरिने वानेश्वर वितरण केन्द्रले जनाएको छ | माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल वीपीचोक र आसपासका क्षेत्रमा विद्युत सप्लाइ बन्द गर्न गरिने जनाएको छ |