१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

२० मंसिर २०७७, शनिबार ०८:५०

मङ्सिर २०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ । त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ । 

अहिलेसम्मा सबैभन्दा बढी वडा नं १ बाट रु तीन करोड सात लाख ५५ हजार, २६ वडाबाट रु २२ करोड ३५ लाख ५२ हजार र  सबैभन्दा कम वडा १८ बाट रु चार लाख ९८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अनलाइन प्रणालीबाट राजस्व सङ्कलन कार्यलाई नागरिकले सहजसाथ लिएका छन् । कर तिर्नका लागि कार्यलयसम्म आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको छ ।  यहीअनुरुप कर सङ्कलन भए लक्ष्यभन्दा बढी असुल हुनेछ । गत आवमा कोरोनाले असर पारे पनि लक्ष्यको ८३ प्रतिशत रकम असुल गरेको थियो । 

अनलाईन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो । 

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले कामपालाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्क करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएका र माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट कसलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ । 

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानून र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (इसेवा, कनेक्ट आइपीएस, फोनपे, आइएमइपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु