२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यूरोपियन युनियनले हटाउला नेपाललाई कालोसूचीबाट ?

२०७७, २२ मंसिर सोमबार ०८:३७

मंसिर २२, काठमाडौं | युरोपियन युनियनले नेपाललाई कालोसूचीबाट हटाउने संकेत गरेको छ | नेपालले हवाई उड्डयनका क्षेत्रमा गरेको प्रगतिलाई सकारात्मक भएको बताउँदै कालोसूचीबाट हटाउने संकेत गरेको हो |

'हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले नेपालमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको छ,' ईयुले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यसका लागि तिन वटा मापदण्ड कार्यान्वयनमा लैजानु पर्ने छ |' 

ईयूले कालोसूचीबाट हटाउनका लागि सीमक्षा गर्ने समेत बताएको छ |  सन् २०१३ को डिसेम्बर ५ देखि ईयूले नेपाललाई कालोसूचीमा राखेको थियो | ईयूको प्रतिबन्धका कारण नेपाली कम्पनीका कुनै पनि जहाजले युरोपमा उडान भर्न पाएका छैनन्। यो प्रतिबन्धका कारण नेपालले लामो समयदेखि ठूलो क्षति भोग्दै आउनुपरेको छ |

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले इयुको उक्त कदम सकारात्मक भएको बताएका छन् | अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ईयूले जारी गरेको विज्ञप्तिलाई सकारात्मक भन्दै चाँडै नतिजा आउने विश्‍वास व्यक्त गरेका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै