९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा

२४ मंसिर २०७७, बुधबार ०५:५८

मङ्सिर २४, काठमाडौँ । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति गरेका हुन् ।

राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले चौमासिक प्रगति समीक्षा गर्दै आवश्यक सुझाव र निर्देशनसमेत दिएको छ । बैठकमा कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन मन्त्रालयका सचिव विश्वनाथ ओली,  खानेपानी मन्त्रालयका सचिव मधु बेलबासे, पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र श्रम मन्त्रालयका सचिव तोयम रायाले आ–आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मन्त्रालयस्तरीय विकास समस्या समाधन समितिबाट समाधान हुन नसकी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट समाधान हुनुपर्ने देखिएका समस्याहरुको बारेमा छलफल तथा विश्लेषण गरी समाधानका लागि उपयुक्त सुझाव तयार गर्ने, अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित  विषयमा आवश्यक समन्वय र निर्देशन दिने उद्देश्य निर्धारण गरेर बैठक आयोजना गरिएको उपाध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

बैठकमा योजना आयोगका उपाध्यक्ष कँडेल, सदस्यहरु डा कृष्णप्रसाद ओली, डा दिलबहादुर गुरुङ, डा उषा झा, मीनबहादुर शाही, डा रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव शिशिर ढुङ्गाना, प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल, महालेखा नियन्त्रक कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, योजना आयोगलगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरुको सहभागिता थियो । बैठक यही मङ्सिर २२ गते शुरु भई २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिनुभयो । रासस 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै