३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिथुन उल्का वर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने

२५ मंसिर २०७७, बिहीबार ०७:४४

मंसिर २५, काठमाडौं । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षमा छाडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ । 

उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बीर खिच्न सक्नेछन् । अवलोकनका लागि मङ्सिर २८ गते आइतबार राति ८ बजेदेखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने अध्यक्ष भट्टराईले बताए ।

मौसमले साथ दिएमा उल्का वर्षा हेर्नका लागि यो सन् २०२० कै उत्कृष्ट समय हुनेछ । यो उल्का वर्षा पुस २ गतेसम्म जारी रहने जनाइएको छ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन । उल्का वर्षा अवलोकन गर्न र आफ्नो क्यामेरामा कैद गर्ने प्रयासका लागि सोसाइटीको टोली पोखरामा जाने जनाइएको छ । 

देशका अन्य भागमा रहेका सोसाइटीका सदस्यले आफ्नै स्थानबाट हेर्ने र तस्वीर लिनेछन् । अवलोकनकर्तालाई आफ्ना तस्वीर सोसाइटीलाई पठाउनसमेत आह्वान गरिएको छ । सोसाइटीमा प्राप्त तस्वीरलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास