२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सबै वडा, एकै बजेट : उस्तै भवन

२०७७, २९ मंसिर सोमबार ०९:१०

मङ्सिर २९, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले  हरेक वडामा एकै किसिमका वडा कार्यालय भवन निर्माण शुरुआत गरेको छ । हालसम्म साविकको गाविसको पुरानो भवनबाट वडा कार्यालय सञ्चालन हुँदैआएको थियो । ती वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले १५ वडामध्ये ११ मा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान शुरु गरेको हो । 

वडा नं १३ नूनथलाको वडा कार्यालयको भवन शुक्रबार र वडा नं १२ जालपाको नवनिर्मित वडा कार्यालय भवन शनिबार हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीले सम्पूर्ण काम सम्पन्न गरेपछि नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले ती वडा कार्यालय भवन उद्घाटन गर्नुभएको छ । 

करिब १००  जना अट्ने सभाकक्ष तथा वडाध्यक्ष, वडा सचिव र वडा कार्यसमितिका सदस्य बस्ने चारकोठे भवन निर्माण गरिएको छ ।  निर्माण कम्पनीले नगरपालिकालाई भवन हस्तान्तरण गरेलगत्तै वडा कार्यालयलाई हस्तान्तरण गरिएका छन् ।  नाछिरिङ कन्स्ट्रक्शनले आगामी पुस मसान्तसम्ममा पूरा गर्नुपर्ने भवन समय अगावै पूरा गरेको जालपाका वडाध्यक्ष विकास राईले जानकारी दिनुभयो ।

पाँच वर्षे आवधिक योजनामा उल्लेख भएको लक्ष्य अनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माणको काम अघि बढाइएको थियो । पक्की भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाहमासमेत सहज भएको बताइएको छ । 

नगरपालिकाका बाँकी नौ वडामा पनि वडा कार्यालय भवन निर्माण धमाधम भइरहेको नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।  तीमध्ये वडा नं १ दिक्तेल र वडा नं ४ खाल्लेको भवन निर्माणको काम भने अन्यको तुलनामा सुस्त देखिएको नगरपालिकाले जनाएकोे छ । 

नगरपालिकाका अनुसार आगामी पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता छ । सुविधा सम्पन्न र व्यवस्थित भवन नभएका वडामा भवन निर्माणका लागि नगरपालिकाले प्रतिवडा रु ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो । 

कतिपय भवन सोभन्दा कम बजेटमा निर्माण भइरहेको जनाइएको छ । जालपाको भवन रु ४७ लाखमै बनेको वडाध्यक्ष राईले बताउनुभयो । वडा नं  ३ बाम्राङ, वडा नं ५ लफ्याङ, वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा भने पहिल्यै सुविधा सम्पन्नका भइ सञ्चालनमा छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो