९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरेन्द्रनगरको खानेपानी समस्या हल गर्न भेरीको पानी ल्याइने

२९ मंसिर २०७७, सोमबार ०९:१३

दीपेन्द्र शर्मा । मङ्सिर २९, सुर्खेत। कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना ल्याइएको छ । 

खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो । डेढ लाख जनसङ्ख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसङ्ख्याका कारण पानीको समस्या छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । 

विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन । 

वीरेन्द्रनगरको खानेपानी आयोजना प्रदेश सरकारको पहिलो प्रथामिकताको आयोजना भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताउनुभयो । प्रदेश राजधानीको प्राथमिकतामा भएकाले यो आयोजनामा प्रदेश सरकारको पहिलो लगानी हुने मन्त्री ज्वालाले प्रतिबद्धता जनाउनुभयो । 

सोका लागि प्रदेश सरकारले रु एक अर्ब रकम छुट्याइएको उहाँले जानकारी दिनुभयो । आयोजना ठूलो र बृहत भएकाले सङ्घीय सरकारले नेतृत्व लिनुपर्ने ज्वालाले बताउनुभयो । सङ्घीय सरकारको नेतृत्वमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले काम गर्नुपर्ने तथा त्यसका लागि आवश्यक बजेट चालू आर्थिक वर्षमै प्रदेश सरकारले व्यवस्था गर्ने उहाँले जनाउनुभयो । 

प्रदेशको मुटुमा रहेको ठूलो तथा बहुप्रतिक्षित खानेपानी आयोजना भएकाले लामो समयका लागि योजना निर्माण गरिएको खानेपानी विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले बताउनुभयो । प्रदेश राजधानीको खानेपानी समस्या दीर्घकालीन रुपमा समधान गर्न यो आयोजना परिकल्पना गरिएको उहाँले जानकारी दिनुभयो ।

तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने उहाँको भनाइ छ । जलवायु अनुकूलन बृहत खानेपानी आयोजनाअन्तर्गत भएकाले यसमा १० प्रतिशत सहभागिता चाहिने कँडेलले बताउनुभयो । उहाँले यहाँको जग्गा, रकमको स्रोतलगायतका काम टुङ्गिएमा तत्काल प्राविधिकले अन्तिम डिजाइनको काम गर्ने जानकारी दिनुभयो । 

सङ्घीय सरकारले नेतृत्व गरेको बृहत खानेपानीमा प्रदेश सरकारसँगै नगरपालिकाले पनि सहयोग गर्ने नगर प्रमुख देवकुमार सुवेदीले प्रतिबद्धता जनाउनुभयोे । कामको विभाजन गर्दा गर्नुपर्ने कामको जिम्मेवारी लिने भन्दै आवश्यक बजेट, जग्गा प्राप्तिमा सहजीकरणलगायतका काममा साझेदारी गर्न नगरपालिका तयार रहेको प्रमुख सुवेदीले बताउनुभयो । 

वीरेन्द्रनगरमा खानेपानी समस्या समधान गर्न आगामी ३० वर्षका लागि योजना तयार गरिएको अध्ययन टोली सदस्य तथा विज्ञ प्रशान्त मल्लले बताउनुभयो । वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा यो योजना निमार्ण भए २४ वटा स्किम रहने उहाँले जनाउनुभयो । वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुने उहाँले बताउनुभयो । 

अहिले तयार पारेको रिर्पोट अनुसार करिब रु छ अर्ब रकम लाग्ने अनुमान गरिएको छ । भेरी नदीमा निमार्ण हुने ट्याङ्कीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रु चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ ।

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनुभयो । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगरमा २७ लाख लिटर पानी प्रतिदिन अपुग रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन