१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा

३० मंसिर २०७७, मंगलवार ०६:०२

मङ्सिर ३०, काठमाडौँ । बालाजु–त्रिशूली–छहरे सडकअन्तर्गतको छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तीन ठेक्कामा निर्माण भइरहेको यो सडकमा पछिल्लो समयमा सबैभन्दा बढी भौतिक प्रगति यो खण्डमा देखिएको छ ।

जम्मा ११ किमी लम्बाइको सडकमा नौ किमी कालोपत्र भइसकेको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ । तिहारलगत्तै सडक निर्माणको काम धमाधम भइरहेको योजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।  काम नियमित हुँदा अबको एक महिनामा सकिने देखिएको छ । ढिकुरेमा जग्गासम्बन्धी विवादका कारण झण्डै २०० मिटरमा निर्माण अघि बढ्न नसके पनि अरु खण्डमा निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ढिकुरेमा मुआब्जाका लागि जग्गाको मूल्य निर्धारण भए पनि स्थानीयवासीले त्यसमा चित्त बुझाउनुभएको छैन ।”

त्यो ठाउँलाई छाडेर अन्यत्र सडक कालोपत्रको काम भइरहेको प्रमुख प्रजापतिले बताउनुभयो । छहरेबाट शुरु गरेर त्रिशूलीतर्फको सडक निर्माण अघि बढाइएको छ । समग्रमा छहरेबाट उता प्रगति राम्रो छ । सात वर्ष पहिले शुरु भएको यो सडकमा निर्माण कम्पनीलाई सडक विभागले अहिलेसम्म चारपटक अवधि थपिसकेको उहाँले बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार पछिल्लोपटक गत फागुनमा रुग्ण ठेक्कालाई अन्तिमपटक एक वर्ष अवधि थप भएको थियो । आयोजनाअन्तर्गतका अरु दुई ठेक्कामा अझै अर्काेपटक अवधि थप्न आवेदन आइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खण्डमा मुआब्जा विवाद भएका ठाउँबाहेक अरु ठाउँमा पुससम्ममा सकिनेछ ।”

यो सडकको जम्मा तीन ठेक्कामा निर्माणको काम अघि बढाइएको छ । आयोजनाले बालाजुबाट त्रिशूली ५५ किमी र त्रिशूलीबाट छहरे ११ किमी गरेर यो आयोजनाले ६६ किमी हेरिरहेको छ । विसं २०७०/७१ मा ठेक्का सम्झौता भएको थियो । बालाजु–त्रिशूली सडकको निर्माण भने अझै पनि सुस्त छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु