२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक,कुनमा कति ब्याज ?

२०७७, १ पुष बुधबार ०८:२३

पुस १, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६.७५ प्रतिशत १ वर्षभन्दा माथि २ वर्षसम्मका लागि ७.७५ प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ८.२५ र ५ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९ प्रतिशत दिने भएको हो ।

त्यस्तै संस्थागत मुद्दति निक्षेपमा २ वर्षसम्मका लागि नयाँ ५.५० देखि ६ र नवीकरणमा ६.२५ देखि ६.५० प्रतिशत रहेको छ । २ वर्षभन्दा माथिका लागि नयाँ ६ देखि ६.५० र नवीकरणतर्फ ६.५० देखि ६.७५ प्रतिशत छ भने ३३ महिनाको मुद्दति निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ । 

त्यस्तै बैंकको बचतमा न्यूनतम ०.१५ देखि ४.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले कर्जाको पनि ब्याजदर निश्चित गरेको छ । जसअनुसार १ वर्षको इको लोनमा ९.९९ प्रतिशत र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर लाग्ने बैंकले जनाएको छ ।

यता एसएमई लोनमा १ वर्षको लागि ९.९९ र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । सुन चाँदी धितो कर्जामा ९.९९ प्रतिशत, ग्रोइङ इन्टरप्राइज लोनमा ७.९९ प्रतिशत, कृषि लोनमा ८.९९ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकका अनुसार, ७ वर्षसम्मका लागि १०.५० र १० वर्षसम्मका लागि १२.५० प्रतिशत ७ वर्षसम्मको हायर पर्चेज लोनमा १०.७५ र रिटेल लोनमा ७ वर्षसम्मका लागि ११ र १० वर्षसम्मका लागि १३ प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै कर्जा लिँदा न्यूनतम बेसरेटमा ०.५० देखि ५ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु