मंसिर १, काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई ५.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको हो ।
सोमबार बसेको बैंकको ३२३औ सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश पुस २७ गते हुने बैंकको २६ आंै वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने बैंकले जनाएको छ ।
बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि पुस १० गतेदेखि पुस २७ गतेसम्म सेयर दाखिला बन्द रहने जनाएको छ।