१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एनसेलले ल्यायो ‘एनसेल जबसप’,

२ पुष २०७७, बिहीबार ०४:३४

पुस २, काठमाडौं । एनसेलले आफ्ना ग्रहाकहरुका लागि अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर र आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्ने एप ल्याएको छ | एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको हो |

जसले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई भेटाउने काम गर्दछ | एनसेलले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत यो सेवा संचालनमा ल्याएको बताएको छ | कोभिड–१९ महामारीले गर्दा रोजगारी गुमाएका हरुलाई भर्चुअल रुपमा यो सेवाले सम्पर्कमा रहन सजिलो हुनेछ |

उनले कार्यस्थल भन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृतिमा बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा भएको एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले बताए |

एनसेलका अनुसार,एनसेल जबसप रोजगारीका अवसरको खोजिमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजि रहेकाहरुलाई एक राम्रो प्लेटफर्म हुनेछ। आफूले खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने जनाइएको छ ।कामदार खोजि रहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनु पर्नेहुन्छ । जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी जान्छ ।

यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स १७१३७ ह्यास डायल गरी वा एनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।

काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ । त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् । कामको खोजिमा रहेका व्यक्तिले कर सहित रु ३.८३ मा ३ दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसै अनुसार प्याकको समयसिमाभित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले कर सहित रु ८.९४ मा ७ दिनको र कर सहित रु ३८.३१ मा ३० दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसिमा रहेको प्याक कर सहित मात्र रु १५३.२२ र २२९.८४ मा सुचारु गर्न सक्नेछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु