२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्पतिको सुरक्षा गर्न ‘सेभेन स्टेट्स प्रोपर्टी’ नामक कम्पनी स्थापना

२०७७, २ पुष बिहीबार ०६:१३

पुस २, काठमाडौं । नेपालमा पहिलो पटक सम्पतिको सुरक्षा गर्नको लागि सेभेन स्टेज प्रोपर्टिज नाम कम्पनीको स्थापना गरिएको छ । जसका लागि कम्पनीले सेभेन स्टेज प्रोपर्टिज नामक डिजिटल एप तयार गरि  संचालनमा ल्याएको छ । 

नेपाल तथा अष्ट्रेलिया बस्ने युवाहरुले उक्त एप तयार गरेका हुन । सेभेन स्टेज प्रोपर्टिज नामक उक्त एप बाट नेपाल तथा विदेशमा बस्ने नेपालीहरुले सेवा लिन सक्ने छन् । नेपालमा रहेका घरधनीहरु जो काम विशेषले देशका विभिन्न स्थानमा तथा देशबाहिर रहँदा आफनो सम्पतिको सुरक्षा लाईलिएर चिन्तीत छन, तिनीहरुको लागि यो एप कोसेढुङा सावित हुने कम्पनीले विश्वास लिएको छ । 


घरमा वृद्ध बुवा आमा छोडेर जागिर वा अध्ययनको शिलशिलामा विदेशमा रहनुहुनेलाई एप मार्फतनै आफनो घरको सुरक्षा, मर्मत सम्भार, देखि लिएर घरभाडामा समेत लगाउन मिल्ने कम्पनीका बोर्ड अफ डाइरेक्टर केशवपुरीले बताए । हालैमात्र बसेको कम्पनीको साधारण सभा बैठकबाट केशव पुरी, रविन ढोडारी, हरिहर ढुंगाना, उमेश नकर्मी र संजय ढकाललाई संचालकमा नियुक्त गरिएको छ । कम्पनीले काठमाडौंमा कार्यालयबाट प्रत्यक्ष रुपमा पनि सेवा दिने जनाएको छ । 

राजधानीमा भाडामा बस्ने मानिस र घरबेटीहरुका समस्या संबोधन गर्ने साथ सरकारले करको दायराभित्र ल्याउन नसकेको सम्पति लाई करको दायरामा ल्याउन सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । साथै, यो एप सबै कानुनी प्रक्रिया पुरा गरी दर्ता भएकोले यसको प्रयोग ढुक्क भएर गर्न मिल्ने कम्पनीको दावी छ ।  

यो एप मार्फत घरको बिजुली बिल तिर्ने, घर मेनटेनेन्स गर्ने लगायत सेवाहरु लिन सकिने कम्पनीको भनाई छ । साथै कम्पनीले दिने सुविधाको दायरा आगामी दिनमा अझ बढाउदै जाने र कम्पनीको सेवा लाई गुणस्तरीय बनाउने योजना रहेको सेभेन स्टेज प्रोपर्टिजका  कार्यकारी निर्देशक रबिन धोडारीले बताए ।  

कम्पनीले घर भाडामा दिन चाहने र भाडाको लागि घर तथा कोठाको खोजीमा रहेकाहरु बिच समन्वय रिदिने जस्ता सेवा हरु पनि दिने छ । यसका साथै कम्पनीले घर वहाल कर उठाउनमा मद्धत गर्ने उदेश्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो