१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्पतिको सुरक्षा गर्न ‘सेभेन स्टेट्स प्रोपर्टी’ नामक कम्पनी स्थापना

२ पुष २०७७, बिहीबार ०६:१३

पुस २, काठमाडौं । नेपालमा पहिलो पटक सम्पतिको सुरक्षा गर्नको लागि सेभेन स्टेज प्रोपर्टिज नाम कम्पनीको स्थापना गरिएको छ । जसका लागि कम्पनीले सेभेन स्टेज प्रोपर्टिज नामक डिजिटल एप तयार गरि  संचालनमा ल्याएको छ । 

नेपाल तथा अष्ट्रेलिया बस्ने युवाहरुले उक्त एप तयार गरेका हुन । सेभेन स्टेज प्रोपर्टिज नामक उक्त एप बाट नेपाल तथा विदेशमा बस्ने नेपालीहरुले सेवा लिन सक्ने छन् । नेपालमा रहेका घरधनीहरु जो काम विशेषले देशका विभिन्न स्थानमा तथा देशबाहिर रहँदा आफनो सम्पतिको सुरक्षा लाईलिएर चिन्तीत छन, तिनीहरुको लागि यो एप कोसेढुङा सावित हुने कम्पनीले विश्वास लिएको छ । 


घरमा वृद्ध बुवा आमा छोडेर जागिर वा अध्ययनको शिलशिलामा विदेशमा रहनुहुनेलाई एप मार्फतनै आफनो घरको सुरक्षा, मर्मत सम्भार, देखि लिएर घरभाडामा समेत लगाउन मिल्ने कम्पनीका बोर्ड अफ डाइरेक्टर केशवपुरीले बताए । हालैमात्र बसेको कम्पनीको साधारण सभा बैठकबाट केशव पुरी, रविन ढोडारी, हरिहर ढुंगाना, उमेश नकर्मी र संजय ढकाललाई संचालकमा नियुक्त गरिएको छ । कम्पनीले काठमाडौंमा कार्यालयबाट प्रत्यक्ष रुपमा पनि सेवा दिने जनाएको छ । 

राजधानीमा भाडामा बस्ने मानिस र घरबेटीहरुका समस्या संबोधन गर्ने साथ सरकारले करको दायराभित्र ल्याउन नसकेको सम्पति लाई करको दायरामा ल्याउन सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । साथै, यो एप सबै कानुनी प्रक्रिया पुरा गरी दर्ता भएकोले यसको प्रयोग ढुक्क भएर गर्न मिल्ने कम्पनीको दावी छ ।  

यो एप मार्फत घरको बिजुली बिल तिर्ने, घर मेनटेनेन्स गर्ने लगायत सेवाहरु लिन सकिने कम्पनीको भनाई छ । साथै कम्पनीले दिने सुविधाको दायरा आगामी दिनमा अझ बढाउदै जाने र कम्पनीको सेवा लाई गुणस्तरीय बनाउने योजना रहेको सेभेन स्टेज प्रोपर्टिजका  कार्यकारी निर्देशक रबिन धोडारीले बताए ।  

कम्पनीले घर भाडामा दिन चाहने र भाडाको लागि घर तथा कोठाको खोजीमा रहेकाहरु बिच समन्वय रिदिने जस्ता सेवा हरु पनि दिने छ । यसका साथै कम्पनीले घर वहाल कर उठाउनमा मद्धत गर्ने उदेश्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु