२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रीराम सुगर मिल्सका संचालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी

२०७७, २ पुष बिहीबार ०८:४३

पुस १, काठमाडौँ । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका संचालकसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।रौतहटका उखु किसानको बक्यौता रकम नदिएको भन्दै उखु उत्पादक संघसहित ४६ किसानहरुले संयुक्त रुपमा ठगी मुद्दा दाएर गरेका हुन् ।

बुधबार श्रीराम सुगर मिल्सका संचालकबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगि मुद्दा दायर गराएपछि रौतहट जिल्ला अदालतले श्रीराम सुगर मिल्सका संचालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, संचालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

मिलले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड, २०७५/०७६ को २८ करोड ५० लाख र २०७६/०७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ भुक्तानी नदिएको उखु उत्पादक संघ रौतहटले बताएको छ । पक्राउ पूर्जी जारी भएका तिनै जनाले किसानको बाँकी बक्यौता फछर्यौट नगरी मिल बन्द गरेर किसानलाई ठगेको आरोप किसान संघले लगाएको छ ।

पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजतलासका लागी आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयले यस अघिनै बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिलका सञ्चालक विरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र जिल्लास्थित प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो