१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिहिबार नेप्से परिसूचक २२ दशमलव ७० अंकले घट्यो

२ पुष २०७७, बिहीबार १०:२१

पुस १, काठमाडौँ। बिहिबार नेप्से परिसूचक २२ दशमलव ७० अंकले ओरालो लागेर २ हजार ३० दशमलव ५१ अंकमा झरेको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १.०४ अंक र फ्लोट इण्डेक्स १.४२ अंक घटेको छ।  सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०१ अंक बढेको छ।

नेप्से ओरालो लागेपनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही बढेको छ ।  बुधबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहिबार १९५ कम्पनीको ६१ हजार ६०४ पटकको कारोबारमा ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख १४ हजार कित्ता शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १२ उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.२८ प्रतिशत बढेको छ। व्यापार र जीवन बीमा उपसमिूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख र नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै आज   कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु