१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी २० बैंकले गरे लाभांश घोषणा,कुन बैंकले कति दिए ?

३ पुष २०७७, शुक्रबार ०६:५५

पुस ३, काठमाडौँ  । आव २०७६/७७ को मुनाफाबाट हाल सम्म २७ बाणिज्य बैंकहरु मध्ये २० बैंकले लाभांश घोषणा गरेका छन् । बिहीबार मात्रै मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेड र मेगा बैंकले लाभांश घोषणा गरेका हन  ।

कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित गराइसकेको छ,भने अन्य बैंकहरुले सभाबाट पारित गराउन बाँकी छ । त्यस्तै आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी छ ।

हालसम्म लाभांश घोषणा गरेका २० बैंक मध्ये हिमालयन बैंक र एनआइशी एशिया बैंकले सबैभन्दा धेरै लाभांश घोषण गरेका छन् भने,सेञ्चुरी कमर्शीयल बैंकले सबैभन्दा कम लाभांश घोषणा गरेको छ  ।

हिमालयन बैंकले ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ  । त्यस्तै एनआइशी एशिया बैंकले १ प्रतिशत नगद र १९ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडले ४ प्रतिशत नगद र १२ प्रतिशत बोनस दिने घोषणा गरेको छ भने,मेगा बैंकले ३.५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने घोषणा गरेको छ  ।

त्यस्तै सेञ्चुरी कमर्शीयल बैंकले २.२५ नगद र ५.२५ बोनस सहित कुल ७.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक अफ काठमाडुले ३ प्रतिशत नगद र १३ प्रतिशत बोनस गरि कुल १६ प्रतिशत लाभांश दिने भएको छ  ।

ग्लोबल आइएम् बैंकले २ प्रतिशत नगद र १४ प्रतिशत बोनस,कृषि विकास बैंकले ०.७९ प्रतिशत नगद र १५ प्रतिशत बोनस,सिद्दार्थ बैंकले ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस,कुमारी बैंकले ३.१५ नगद र १०.८५ बोनस लाभांश दिने भएका छन् ।

त्यस्तै ३.६ नगद र १० प्रतिशत बोनस लाभांश सानिमा बैंकले दिने भएको छ,भने स्ट्यान्डर्ड चार्टड बैंकले ४.८४ नगद र ७ प्रतिशत बोनस लाभांश दिने घोषणा गरेको छ  ।लक्ष्मी बैंकले २.५ नगद र ९ प्रतिशत बोनस गरि कुल ११.५ प्रतिशत  लाभांश घोषणा गरेको छ  ।

त्यस्तै सिटिजन बैंकले ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस,प्रभु बैंकले ०.५३ नगद र १० प्रतिशत बोनस गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको छ  । एभरेष्ट,माछापुछ्रे,नेपाल एसबीआइ,नेपाल बंगलादेश,सनराइज र हिमालयन बैंकले क्रमश:५.५३, ३.३७, ३.४७, २.४२, २.४८ र ६ प्रतिशत नगद र ५, ७.०३, ६, ६, ५.८ र १४ प्रतिशत बोनस लाभांश दिने भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु