२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी २० बैंकले गरे लाभांश घोषणा,कुन बैंकले कति दिए ?

२०७७, ३ पुष शुक्रबार ०६:५५

पुस ३, काठमाडौँ  । आव २०७६/७७ को मुनाफाबाट हाल सम्म २७ बाणिज्य बैंकहरु मध्ये २० बैंकले लाभांश घोषणा गरेका छन् । बिहीबार मात्रै मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेड र मेगा बैंकले लाभांश घोषणा गरेका हन  ।

कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित गराइसकेको छ,भने अन्य बैंकहरुले सभाबाट पारित गराउन बाँकी छ । त्यस्तै आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी छ ।

हालसम्म लाभांश घोषणा गरेका २० बैंक मध्ये हिमालयन बैंक र एनआइशी एशिया बैंकले सबैभन्दा धेरै लाभांश घोषण गरेका छन् भने,सेञ्चुरी कमर्शीयल बैंकले सबैभन्दा कम लाभांश घोषणा गरेको छ  ।

हिमालयन बैंकले ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ  । त्यस्तै एनआइशी एशिया बैंकले १ प्रतिशत नगद र १९ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडले ४ प्रतिशत नगद र १२ प्रतिशत बोनस दिने घोषणा गरेको छ भने,मेगा बैंकले ३.५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने घोषणा गरेको छ  ।

त्यस्तै सेञ्चुरी कमर्शीयल बैंकले २.२५ नगद र ५.२५ बोनस सहित कुल ७.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक अफ काठमाडुले ३ प्रतिशत नगद र १३ प्रतिशत बोनस गरि कुल १६ प्रतिशत लाभांश दिने भएको छ  ।

ग्लोबल आइएम् बैंकले २ प्रतिशत नगद र १४ प्रतिशत बोनस,कृषि विकास बैंकले ०.७९ प्रतिशत नगद र १५ प्रतिशत बोनस,सिद्दार्थ बैंकले ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस,कुमारी बैंकले ३.१५ नगद र १०.८५ बोनस लाभांश दिने भएका छन् ।

त्यस्तै ३.६ नगद र १० प्रतिशत बोनस लाभांश सानिमा बैंकले दिने भएको छ,भने स्ट्यान्डर्ड चार्टड बैंकले ४.८४ नगद र ७ प्रतिशत बोनस लाभांश दिने घोषणा गरेको छ  ।लक्ष्मी बैंकले २.५ नगद र ९ प्रतिशत बोनस गरि कुल ११.५ प्रतिशत  लाभांश घोषणा गरेको छ  ।

त्यस्तै सिटिजन बैंकले ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस,प्रभु बैंकले ०.५३ नगद र १० प्रतिशत बोनस गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको छ  । एभरेष्ट,माछापुछ्रे,नेपाल एसबीआइ,नेपाल बंगलादेश,सनराइज र हिमालयन बैंकले क्रमश:५.५३, ३.३७, ३.४७, २.४२, २.४८ र ६ प्रतिशत नगद र ५, ७.०३, ६, ६, ५.८ र १४ प्रतिशत बोनस लाभांश दिने भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो