१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्ष्मी बैंकले ल्यायो कार्ड रहित एटिटिएम प्रविधि,कार्ड विना पैसा झिक्न सक्ने

३ पुष २०७७, शुक्रबार ११:१०

पुस ३, काठमाडौं । नेपालमै पहिलोपटक लक्ष्मी बैंकले कार्ड रहित एटिटिएम प्रविधि ल्याएको छ । एटिएम कार्डको विकल्पको रुपमा ल्याइएको उक्त प्रविधिबाट बैंकको मोबाईल एपमा रहेको सुविधा प्रयोग गरेर ग्राहकले सजिलै एटिएमबाट कार्ड विना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैकिङ प्रविधि विस्तार गर्ने क्रममा ग्राहकको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको बताएको छ ।कार्ड बिना एटिएमबाट पैसा झिक्न ग्राहकले बैंकको मोबाइल बैंकिंग एप – “मोबाइल मनि” र आफ्नो मोबाइलमा इन्टरनेट साथै बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्नेछ । 

त्यस्तै बैंकका अनुसार,आफ्नो मोबाइल मनिमा लगइन गर्ने बितिकै “कार्डलेस विथ–ड्र” भन्ने अप्सनमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्छ । त्यस पछि “कन्फर्म” गर्नका लागि आफ्नो एमपिन वा फिंगर प्रिन्ट स्क्यान गर्नु पर्नेछ । यति गरिसकेपछि आफ्नो फोनमा (मोबाईल मनि मा दर्ता भएको नम्बरमा) “ओटिपि कोड” एसएमएसको रुपमा प्राप्त गर्नु हुनेछ ।

जसलाई कारोबार नसके सम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटिपि कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु