२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

२०७७, ४ पुष शनिबार ०७:५५

पुस ४,  काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिनुभएको छ  । अर्थ मन्त्रालयमा आज आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको हो । “ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्” उहाँले भन्नुभयो । अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभयो । 

उहाँले पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिनुभयो । अर्थमन्त्रीले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिनुभयो । बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य उपस्थित हुनुहुन्थ्यो । यस्तै, छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायतको उपस्थिति थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु