2026-06-19 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मागअनुसार जिल्लाको विपद् कोषमा रु १५ लाखसम्म पठाइने

2020-12-19

पुस ४, काठमाडौँ | शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु १५ लाखसम्म उपलब्ध गराइनेछ । त्यसरी रकम प्राप्त गर्ने जिल्लामा  सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कपिलवस्तु रहेका छन् । बाँकी तराईका अन्य जिल्ला र भित्री मधेशका ११ जिल्लामा रु १० लाखका दरले रकम उपलब्ध हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।

उनका अनुसार २१ हिमाली जिल्लाका लागि रु सात लाख र बाँकी ३४ पहाडी जिल्लाका लागि रु पाँच लाखका दरले रकम उपलब्ध गराइने उनले जानकारी दिए । “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार जिल्लाबाट माग भएमा उक्त रकम केन्द्रबाट जिल्लास्थित विपद् कोषमा पठाइने छ, जिल्लास्थित विपद् कोषमा रकम भएको खण्डमा त्यसैबाट पनि परिचालन गर्न सकिन्छ”, गौतमले भने ।

सरकारबाट स्वीकृत भएको ‘शीतलहर तथा चिसो प्रभावित विपन्न समुदायको पहिचान तथा राहतसम्बन्धी मापदण्ड २०६९’ अनुसार उक्त रकमबाट कम्बल, दाउरा, हिटर, न्यानो कपडाजस्ता राहत सामग्री आवश्यक पर्दा तत्काल उपलब्ध गराइनेछ । कार्यक्रम कार्यान्वयन गर्दा भने प्रदेश सरकारसँग समन्वय गरी दोहोरो नपारी गर्नुपर्ने छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले चिसो मौसममा ज्येष्ठ नगरिक, बिरामी, बालबालिका, सुत्केरी, तथा गर्भवती, घरबारविहीन तथा अतिविपन्न वर्ग र विपद् प्रभावितलाई बढी असर पर्ने भएकाले उक्त समूहलाई विशेष सम्बोधन हुनेगरी कार्यक्रम सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशनसमेत दिएको छ ।

यसअघि बसेको समितिको बैठकले भविष्यमा हुनसक्ने ठूला विपद्का समयमा राष्ट्रले अपनाउनुपर्ने अध्यागमन, भन्सार र क्वारेन्टिनसम्बन्धी मापदण्ड तथा कार्यविधि अद्यावधिक गरी पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेको छ । गृहमन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी