२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल एयरलाइन्स चौथो पटकको प्रतिबन्ध पछि हङकङ उडान गर्दै,के छन् मापदण्ड ?

२०७७, ६ पुष सोमबार ०८:३६

पुस ६, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले चौथोपटकको प्रतिबन्धपछि पुनः  हङकङ उडान गर्ने भएको छ | यसअघि नेपालमा पिसिआर रिपोर्ट नेगेटिभ आएका यात्रुमा हङकङ पुगेपछि कोरोना 

परिक्षण गर्दा पोजेटिभ देखिएपछि एयरलाइन्सले बारम्बार प्रतिबन्ध खेप्नुपरेको थियो |

एयरलाइन्स सोमबार राति देखि उडान थाल्ने भएको हो | कोभिड–१९ को सङक्रमणको जोखिम बढ्दै गएको र यसको रोकथामका लागि हङकङ सरकारले विभिन्न  स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु निर्धारण गरेको छ |

जसअनुसार अब अन्तर्राष्ट्रिय सीमाबाट हङकङ प्रवेश गर्ने  यात्रुहरुले सरकारले तोकेको होटलहरुमा मात्र क्वारेन्टिनका लागि बस्न पाउने भएका छन् |

सरकारले तोकेका होटलहरुमा मात्र क्वारेन्टिनका लागि बुकिङ्ग गर्न नेपाल एयरलाइन्सले यात्रुहरुलाई अनुरोध गरेको छ | त्यस्तै होटल बुकिङ्ग निश्चितता (Booking Confirmation)को प्रमाण‚ उडानको ४८ घण्टाभित्र स्वाव दिएको RT-PCR नेगेटिभ (Negative) प्रमाणपत्र‚लगायतका अन्य आवश्यक कागजातहरु आवश्यकपर्ने एयरलाइन्सले जनाएको छ |

पछिल्लो पटक पाँच जना यात्रुमा  हङकङ  पुगेपछि कोरोना रिपोर्ट पोजेटिभ देखिएसंगै नेपाल नेपाल एयरलाइन्स दुई हप्ताका लागि प्रतिबन्धमा परेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो