पुस ८, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँले घटेर छापावाल सुनको मुल्य तोलाको ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार ९४ हजार ९ सयमा प्रतितोला सुन कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । हिजोको तुलनामा तोलामा ९ सय रुपैयाँले घटेर ९३ हजार ५ सय कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १२ सय ६५ रुपैयाँ कायम गरेको छ । हिजो तोलाको १३ सय १५ थियो ।