२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

के तपाई बेरोजगार हुनुहुन्छ ? सयौंलाई रोजगारीको अवसर छ, आजै आवेदन दिनुहोस्

२०७७, ९ पुष बिहीबार ०७:३५

पुस ९, काठमाडौं । के तपाई बेरोजगार हुनुहुन्छ ? वा जागिरको खोजीमा हुनुहुन्छ भने तपाईका लागि रोजगारीका लागि थुप्रै अवसर आएका छन् । नेपाल राष्ट्र बैंक, युनाइटेड फाइनान्स, समृद्धि फाइनान्स, मिर्मिरे लघुवित्त, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त, कालिका लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया लघुबित्त बित्तीय संस्था लिमिटेडले रोजगारीका लागि विज्ञापन आह्वान गरेका छन्  ।

नेपाल राष्ट्र बैंकले असिस्टेन्ट डीरेक्टर तथा असिस्टेन्टहरुको माग गरेको हो । यी सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइने र परीक्षा केन्द्र काठमाडौं उपत्यका भित्र रहने केन्द्रीय बैंकले जनाएको छ । यस्तै,  दरखास्त फाराम  अनलाइनबाट भर्दा कुनै समस्या आएमा कार्यालय समयभित्र कार्यालयको Direct Telephone Line: 014441036 वा एक्सटेन्सन लाईन रहेका नम्बरहरु 014419804-07 बाट एक्सटेन्सन नम्बर १३८ वा १४६ मा सम्पर्क गर्न सकिने समेत बैंकले उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना :


समृद्धि फाइनान्समा कर्मचारीको माग भएको छ । संस्थाले काठमाडौं कार्य क्षेत्रका लागि केही बिजनेस डेभलपमेन्ट अफिसर माग गरेको हो । इच्छुक उम्मेदवारले पुस १३ गते भित्र आफ्नो व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र पठाउनुपर्ने जनाएको छ ।


युनाइटेड फाइनान्सले केही संख्यामा असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, जुनियर अफीसर, अफीसर, सिनियर अफीसर, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट लगायतका पदका लागि विज्ञापन प्रकाशन गरेको छ । इच्छुक आवेदकले पुष १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।


मिर्मिरे लघुवित्तले प्रबन्धक, सहायक, वरीष्ठ सहायक, सुपरभाइजर, कनिष्ठ सहायक जस्ता पदमा रोजगारीकोको लागि आवेदन खुलाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।


एनआइसी एशिया लघुबित्त बित्तीय संस्था लिमिटेडले अधिकृत, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर पदको लागी कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले पुस २२ भित्र आवेदन पेश गरिसक्नुपर्ने संस्थाले जनाएको छ । 


कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ अधिकृत, अधिकृत तृतीय श्रेणीका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।


साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ अधिकृत (सिए) र अधिकृत तृतीय श्रेणीका लागि करारमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।


यस्तै, ग्लोबल आइएमई लघुवित्तले शाखा प्रबन्धक, वरीष्ठ सहायक, कनिष्ठ सहायक, जे.टि.ए., कनिष्ठ सहायक, जुनियर प्रशिक्षार्थीको माग गरेको हो ।  ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे