१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फ्री वाइफाइ वा असुरक्षित नेटवर्कबाट डिजिटल बैंकिङ प्रयोग नगर्न वाणिज्य बैंकको आग्रह

१४ पुष २०७७, मंगलवार ०७:०८

पुस १४, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फ्री वाइफाइ वा असुरक्षित नेटवर्कबाट मोबाइल वा अनलाइन बैंकिङ सेवा प्रयोग नगर्न आग्रह गरेको छ। फ्री वाइफाइ वा असुरक्षित नेटवर्कको प्रयोगले जोखिम निम्तिने भन्दै बैंकले सुरक्षित नेटवर्कबाट मात्रै डिजिटल बैंकिङ सेवा उपयोग गर्न अनुरोध गरेको हो।

पछिल्लो समय पार्क, मन्दिर, प्रतीक्षालय, रेष्टुरेन्ट, सिनेमा हल वा अन्य भिडभाड धेरै हुने सार्वजनिक ठाउँहरुमा फ्री वाइफाइ सेवा उपलब्ध छन्। इएसपीहरुले स्थानीय सरकारसँग सहकार्य गरेर वा आफ्नो उपस्थिति देखाउन आइएसपीहरुले भिडभाड धेरै हुने सार्वजनिकस्थलहरुमा फ्री वाइफाइ सेवा उपलब्ध गराइरहेका छन्। यस्ता ठाउँहरुबाट पछिल्लो समय धेरै मानिसहरुले इन्टरनेटमा आफ्नो पहुँच पुर्‍याइरहेका छन्।

मोबाइल नेटवर्कको डेटा महँगो पर्ने भएर मानिसहरु सार्वजनिकस्थलमा पाइने फ्री वाइफाइ वा असुरक्षित नेटवर्क प्रयोग गरिरहेका भेटिन्छन्। सितैंका यस्ता असुरक्षित नेटवर्कबाट प्रयोगकर्ताको डिजिटल बैंकिङ डेटा चोरी वा ह्याक हुन सक्ने जोखिम पनि उत्तिकै रहने भन्दै बैंकले सचेत रहन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु