पुस १३, काठमाडौँ । भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध अंग्रेजी नयाँ वर्ष (जनवरी १, २०२१) बाट लागू हुने गरी हटाउने निर्णय गरेको हो।
मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले पत्र जारी गर्दै जनवरी २०२० (शुक्रबार) देखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको जनाएको छ । यसअघि भारतले आन्तरिक उत्पादन कम भएपछि भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) बाट प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गरेको हो ।