१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाडी लिलामी भएन, करोडौंका गाडी कबाडीमा परिणत हुँदै

१४ पुष २०७७, मंगलवार ०९:१२

पुस १४, विरगञ्ज । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि लकडाउन हुँदा वीरगञ्ज भन्सार कार्यालयले लिलामी प्रक्रिया अगाडि नबढाउदा करोडौं मूल्य बराबरको सवारी साधन नष्ट हुँदै  गएको छ । अर्कोतिर लिलामीबाट आउने राजश्वसमेत गुम्ने अवस्थामा छ । 

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म चोरीपैठारी निकासीमा प्रयोग भएका विभिन्न प्रकारका सवारी साधन प्रहरीले जफत गरी वीरगञ्ज भन्सार कार्यालमा बुझाउदा पनि हालसम्म सो सवारी साधन लिलाम हुनसकेका छैनन् । आर्थिक वर्षदेखि हालसम्म प्रहरीले मोटरसाइकल १०९, जीप, कार, भ्यान ५८, ट्रक, टिपर, पिकअप, ट्र्याक्टर तथा ढुवानी साधन ४९, तीनपाङ्गे्र सवारी साधन २४ गरी चार सय ४० थान सवारी साधन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो । तर भन्सार कार्यालयले ती सवारी साधन लिलाम गर्न नसक्दा घाम, पानीमा नष्ट हुनथालेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको भए पनि लामो समयसम्म रहेको लकडाउनका कारण ती सवारी साधनको मूल्याङ्कन हुन नसकेको स्वीकार्दैै भन्सार अधिकृत शैलेन्द्र अधिकारीले भने, “अब स्थिति सामान्य भएकोले ती सवारी साधनको मूल्याङ्कन प्रक्रिया अगाडि बढाउने छौं ।” 

कपडा गाडीलगायतका सामानबाहेक प्रहरीले पक्राउ गरी बुझाएको सवारी साधनको लिलामी प्रक्रिया नियमित रुपमा हुन नसकेको हो । विभिन्न समयमा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरी भन्सारमा बुझाइएका गाडी तत्काल लिलाम नहँुदा ती गाडी जीर्ण हुँदै गएका छन् ।

अहिले तत्कालै लिलामी प्रक्रिया अघि नबढाए भन्सारमा रहेका सवारी साधन घामपानीमा सड्ने, गल्ने भई पाटपूर्जा विग्रिने गरेको सम्बन्धित निकायले बताएका छन् । ती सवारी साधन तस्करीमा प्रयोग भएको, कतिपय सवारी साधनको कागजात दुरुस्त नभएको तथा भारतबाट विभिन्न सामानको तस्करी गरिरहेको अवस्थामा प्रहरीले जफत गरी भन्सार कार्यालयमा बुझाएको हो ।

 यसैगरी भारत तथा तेस्रो मुलुकबाट झिकाइएको गाडीको जाँच पास नहुँदा त्यस्ता गाडीसमेत बिग्रिने गरेको व्यापारीले बताएका छन् । व्यापारीहरुले भारतबाट ८० प्रतिशत र तेस्रो मुलुकबाट २० प्रतिशत चारपाङ्ग्रे सवारी साधन ल्याउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु