१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेलाबेलामा बत्ति किन जान्छ,के भन्छ विद्युत प्राधिकरण ?

१६ पुष २०७७, बिहीबार १२:१३

पुस १६, काठमाडौँ | पछिल्लो समय बेलाबेलामा बिजुली झ्याप्प-झ्याप्प जान थालेपछि उपभोक्ताहरुले फेरि लोडसेडिङ हुन् थालेको आशंका व्यक्त गरेका छन् | तर नेपाल विद्युत प्राधिकरणले भने लोडसेडिङ नहुने भन्दै उक्भोक्तालाई आश्वस्त पारेको छ |

बिहीबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले एक विज्ञप्ति जारी गर्दै अहिले लोडसेडिङ गर्नु पर्ने कुनै कारण नरहेको बताएका छन् | बत्ती जाने समस्या हुनुको कारण पुराना संरचनाको मर्मत सम्भार र कहिलेकाहीँ अचानक आउने समस्या भएको उनले बताए  |

'विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत सम्भार  तथा बदलीजस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै सञ्चालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत सम्भार गरी विद्युत आपूर्ति सुचारू गर्ने गरिएको छ, | ’  विज्ञप्तिमा भनिएको छ |

प्राधिकरणले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको तिम्सीनाको भनाइ छ | पुस १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय समस्या आएकाले अवरोध भएको उनले स्पष्ट पारे |

उनका अनुसार उक्त समस्यालाई भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभागमार्फत् समाधान गरिएको छ | कोरोना भाइरस संक्रमणको महामारीको समयमा पनि उपभोक्ता वर्गमा गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन प्राधिकरणका कर्मचारीहरू अहोरात्र खटिएको र कुनै पनि प्रकारको लोडसेडिङ नहुने उनले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु