२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज नेप्से ८८.१२ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा

२०७७, १९ पुष आईतवार ०९:५२

पुस १९, काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ८८.१२ बिन्दुले बढेर दुई हजार १७५.३९ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक १७.१८ बिन्दुले उकालो लागेर ४१५.८८ बिन्दुमा पुगेको छ । कूल २१२ कम्पनीका एक करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर रु छ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९  मूल्यमा कारोबार भएको छ । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरण रु २९ खर्ब २७ अर्ब २७ करोड २९ लाख बराबर पुगेको छ । 

लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ७०.९२, व्यापार २२१.५७, होटल ३४.८४, विकास बैंक ४६.१, जलविद्युत् ३८.९३, वित्त ७.६६, निर्जीबन बीमा २६८.४२, उत्पादन २६४.४४, अन्य १०३.४४, लघुवित्त ७७.६, जीवन बीमा ५५०.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । 

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५० करोड ९५ लाख ७५ हजार २२८ बराबरको कारोबार भयो । यस्तै प्राइम बैंक रु ५० करोड २६ लाख दुई हजार ७९८, नेपाल दूरसञ्चार कम्पनी रु ४५ करोड सात लाख ९१ हजार १०१, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ५२ लाख ५९ हजार ५१४, एनआइसि एशिया बैंक रु २७ करोड ३७ लाख ९६ हजार ७७९, एभरेष्ट बैंक रु १९ करोड १७ लाख ५० हजार ६७८, शिवमु सिमेन्ट रु १९ करोड एक लाख ६४ हजार ७९९, प्रभु बैंक रु १८ करोड ८६ लाख २६ हजार २८९ र नबलि बैंक रु १६ करोड ८१ लाख नौ हजार ६८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

कारोबार भएका कूल कम्पनीमध्ये १५२ कम्पनीको शेयर उकालो लागेको छ भने १४ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै आठ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, हिमालयन डिस्टिलरी १०, नेपाल पुनरबीमा कम्पनी ९.९७, प्राइम बैंक ९.८६, कुमारी बैंक ९.१३, गुराँस लघुवित्त ९.११, नेशनल माइक्रोफाइनान्स ९.११, आशा लघुवित्त ८.१२, नेपाल दूरसञ्चार कम्पनी ७.७८ र सिटिजन बैंकका लगानीकर्ताले ७.०९ प्रतिशतले कमाए । 

त्यस्तै राधी विद्युत् कम्पनी ४.२९, शिवश्री हाइड्रोपावर ३.२९, युनाइटेड फाइनान्स ३.२३, बुटवल पावर २.२२, नेपाल इन्भेस्टमेन्ट बैंकको डिवेञ्चर २.०, छ्याङदी हाइड्रोपावर १.९४, नेपाल एबिआई डिवेञ्चर १.८८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो