कमल पौडेल | साउन १९, बागलुङ (खर्वाङ) | स्थानिय तह पुनसंरचनाका लागि आज खर्वाङमा आयोजीत सुझाव संकलन कार्यशाला गोष्ठी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल पौडेल | साउन १९, बागलुङ (खर्वाङ) | स्थानिय तह पुनसंरचनाका लागि आज खर्वाङमा आयोजीत सुझाव संकलन कार्यशाला गोष्ठी"/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

खर्वाङ गाउँपालिकाको केन्द्र झण्डै पक्का, प्रस्तावित गाउँ पालिकाको नाम भने जुरेन

२०७३, १९ श्रावण बुधबार १५:१५

कमल पौडेल | साउन १९, बागलुङ (खर्वाङ) | स्थानिय तह पुनसंरचनाका लागि आज खर्वाङमा आयोजीत सुझाव संकलन कार्यशाला गोष्ठी मा प्रस्तावित आठ गाविस उपयुक्त भएकोमा सवै गाविस एकमत देखिएका छन् । भने केन्द्र खर्वाङ बनाउने कुरामा पनि अघिकांश गाविस सहमत भएका छन् । 

कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरिले प्रस्तुत गरेको अवधारणामा आठ ओटै गाविसका प्रतिनिधिहरुले गाविसको धारणा राखेका थिए । जस अनुसार पाण्वखानी, रिघा, शिसाखानी, दगातुन्डाडा र रणसिंह किटेनीले खर्वाङलाई केन्द्र वनाउनेमा सहमति जनाए भने ग्वालीचौर र भिमगिठेले ग्वालीचौर तथा जलजलाले जलजलामै केन्द्र गराउनु पर्ने तर्क पेश गरे । 

भिमगिठेवाट कृष्ण भट्टराईले ग्वालीचौरलाई केन्द्र मानी खर्वाङ र भिमगिठेमा सेवा कार्यालयलाई विकेन्द्रीत गर्नुपर्ने वताउनु भएको थियो भने ग्वालीचौरका मेयरसिंह पाइजाले फराकिलो भुगोल क्षेत्र भएकोले ग्वालीचौर गाउँपालिकाको केन्द्र हुनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो । त्यस्तै जलजलाका थम्मन वहादुर रेश्मीले संघियताले सुघमलाई मात्रै नहेर्ने भन्दै जलजलालाई केन्द्र प्रस्ताव गर्नुभएको थियो । 

त्यस्तै रणसिंह किटेनीका मेख वहादुर पाइजाले राज्यले एक अवधारणा ल्याई सकेको अवस्थामा त्यसैलाई मान्नु उपयुक्त हुने भन्दै ८ गाविस हुँदा खर्वाङ केन्द्र उपयुक्त हुने धारणा राख्नु भएको थियो । त्यस्तै शिसाखानीका डिल वहादुर पुन र रिघाका कर्म प्रसाद गौतमले खर्वाङ भन्दा वाहिरको विकल्प सोच्नै नसकिने भन्दै खर्वाङ नै उपयुक्त रहेको वताउनु भएको थियो । दगातुन्डाडाका रत्न वहादुर क्षेत्रिले भौगोलीक अवस्थितिले नै खर्वाङ रोजेको भन्दै खर्वाङले सवैलाई स्वागत गर्ने वताउनु भएको थियो । 

पाण्डवखानीका तिलक रानाले हाललाई आफूहरुलाई हटिया पायक पर्ने तर इलाका भन्दा वाहिर जान नखोजेको प्रष्ट पार्नुभएको थियो भने पूर्व गाविस उपाध्यक्ष समेत रहेकी राधिका पुनले ८ गाविसको गाउँपालिकाको सन्दर्भमा आफूहरु खर्वाङको पक्षमा रहेको वताउनु भएको थियो । त्यस पछि वोल्नुभएका स्थानिय विकास अधिकारी भरत गौतमले आफुहरुले गोष्ठीमा उठेका सवालहरुलाई सुझावको रुपमा लिने वताउनु भएको थियो । 

जिल्ला स्तरीय आयोगले बागलुङ जिल्लालाई ६ ओटा गाउँपालिका र १ नगर पालिका वनाउने गरि एउटा प्रारुप सार्वजनिक गरेको छ। जस अन्तर्गत जिल्लाको पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे लाई खर्वाङ केन्द्र रहने गरि गाउँपालिकाको प्रस्ताव गरिएको छ। 

कार्यक्रम दगातुन्डाडा गाविस सचिव गिता पौडेलको अध्यक्षता, तथा जिल्ला विकास समितिका प्रशासकिय अधिकृत शस वहादुर पुनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रस्तावित गाउँ पालिकामा पर्ने साविकका पाण्डवखानी, शिसाखानी, रिघा, दगातुन्डाडा, ग्वालीचौर, जलजला रणसिंहकिटेनी र भिमगिठे गाविसका राजनैतिक दल, गाविस सचिव, पूर्व गाविस पदाधिकारी तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 

विज्ञ सहितको आयोगले दिएको सुझाव अनुसार खर्वाङमा भौतिक संरचना जस्तै हल, कार्यलय संचालनको लागी सरकारी भवन, इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय, पशुसेवा केन्द्र, कृषिसेवा केन्द्र, प्रहरी चौकी, सामुदायीक स्वास्थ्य केन्द्र, उच्च मावि, सडक सञ्जालले छोएको तथा मध्यपहाडि लोकमार्ग, वुटवल ढोरपाटन सडक, र खर्वाङ प्यूठान स्वर्गद्धारी सडकको नाका भएको, विद्युत तथा संचारको व्यावस्था रहेको, पर्याप्त सार्वजनिक स्थलहरु खेल मैदान, वसपार्क, शवदहन केन्द्र, पर्याप्त खानेपानीको व्यावस्था भएको, प्राकृतिक प्रकोप जोखिम नरहेको तथा प्रस्तावित आठै गा.वि.स. मा सिधा सडक संजालले छोएकोले पनि गाउँपालिकाको केन्द्र उपयुक्त हुन सक्ने वुझाई रहेको छ। 

यसै विच स्थानिय निकाय पुर्नसंरचना प्राविधिक समिति वागलुङले विहिवारको लागी जिल्लाको हटियामा नौ गाविसको गोष्ठी आयोजना गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना