पुस २०, काठमाडौँ | सोमबार शेयरबजार मापक नेप्से परिसूचक ६.२६ अंकले घटेको छ | ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँ बराबरको कारोबार हुँदा ६.२६ अंकले घटेर २१६९.०४ मा रोकिएको हो |
आइतबार २१७५ विन्दु पार गरेर नयाँ रेकर्ड कायम गरेको नेप्से आज घटेको छ | सोमबार २०२ कम्पनीको सेयर किनबेच भएको छ |
सोमबार सबैभन्दा बढी कमाउनेमा जानकी फाइनान्सका लगानीकर्ता रहेका छन् । यस्तै किसान लघुवित्त,नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि सोमबार कमाउनेमा परेका छन् |