२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तयार भयो लेकाली पदमार्गको गुरुयोजना

२०७७, २१ माघ बुधबार ०८:४९

माघ २१, बाग्लुङ । बागलुङको तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश ‘लेकाली पदमार्ग’ को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो । 

बागलुङको घोडाबाँधेदेखि ताराखोला, डुडेलेक, सोलेडाँडा, बयलधुरी, मालिका, नौदले हँदै गुर्जाघाटबाट ढोरपाटन जान झण्डै सात दिन यात्रा गर्न सकिने पदमार्गको रेखाङ्कन भएको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले चालू वर्षको कार्यक्रममा यो पदमार्गलाई गुरुयोजनामा सूचीकृत गरेको छ । तमानखोलाले चालू वर्ष यो पदमार्गको डिपिआर बनाउन बजेट विनियोजन गरेको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

दुई वर्षअघि सम्भाव्यता अध्ययन भइसकेकाले आन्तरिक पर्यटकले पटकपटक गरी यात्रा गरिसकेका छन् । गाईवस्तु चराउने पुराना बाटालाई मर्मत गरेर ढोरपाटनसम्म पुग्ने पदमार्ग बनाइने बुढाले बताउनुभयो । अप्ठ्यारो बाटोमै यात्री हिँडिसकेका छन् । 

ताराखोला गाउँपालिकाको ठूलो हिलेस्थित होमस्टे बसेपछि एक दिनको पैदल यात्रामा तमानखोलाको सोलेडाँडा पुगिन्छ । तर सहज यात्राका लागि सोले नपुग्दै डँुडेलेकमा एउटा बसाइ बसाल्न ताराखोलाले तयारी गरेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । 

यो लेक दुई पालिकाको सिमाना हो । सोलेदेखि ढोरपाटनतर्फको खण्डमा दुईवटा बसाइ तमानखोलाले बनाउने बुढा बताउनुहुन्छ । बास बस्ने स्थल र रेष्टुरेन्टको व्यवस्थापन गर्न सकेमा आकर्षक र सहज पदयात्रा गर्न सकिने लेकाली पदयात्रा गरिसक्नुभएका पदयात्री आरके अदीप्त गिरीले बताउनुभयो । 

दुई वर्षअघि ट्रेकिङ एजेन्सी एसोसिएशन (टान)ले नेपाल पर्यटन बोर्ड र तमानखोला गाउँपालिकाको सहकार्यमा पदमार्गको रुट तय गरेको हो । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमी लामो पदमार्गमा ठूलो हिलेदेखि सोलेको दूरी जोड्दा झण्डै ६० किमी बन्ने बुढाले बताउनुभयो ।

पदमार्गका लागि दुईवटा बाटो तय गरिएको छ । ताराखोलाको ठूलोहिलेदेखि एउटा र बुर्तिवाङ हुँदै तमानखोलाको बुङ्गादोभानबाट अर्को पदयात्रा गर्न सकिन्छ । “जोखिम मोलेर गाडी चलाउने र करोडौँ खर्चेर पहिरो निम्त्याउनुभन्दा पदमार्गमार्फत पर्यटक भित्र्याउने योजना बनाएका हौँ”, बुढाले भन्नुभयो । 

पदमार्ग सञ्चालन हँुदा बागलुङ, म्याग्दी, गुल्मी, प्यूठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने उहाँले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो