२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

२०७७, २३ माघ शुक्रबार ०२:४५

माघ २३, काठमाडौँ |  मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उहाँको भनाइ छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उहाँले भन्नुभयो, “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।”

गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै  निर्माणस्थलमा काम गरेका थिए । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै स्थानीय तहले मालबाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए । त्यो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडका कारण ढिलाइ भएको आयोजनामा अवधि थप्न सक्ने सरकारले निर्णय गरेको छ ।”

नेपालमा कोभिड सङ्क्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडबक्स’ को बाँकी काम अघि बढाएको छ । आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने भएको छ ।

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाअन्तर्गत अहिले सुरुङ निर्माण सम्पन्न भइसकेको छ । इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले विसं २०७५ असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने