८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक

२८ माघ २०७७, बुधबार ०५:००

सञ्चिता घिमिरे/सुभानु आचार्य । माघ २८, काठमाडौँ । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । 

लामो समयसम्म चौडाइ विवादकै कारण काम अघि बढ्न नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक खण्डमा वन क्षेत्रमा बाहेक अन्यत्र बस्ती क्षेत्रमा चौडाइ बढाउन नसकिएको आयोजनामा सूचना अधिकारी लक्ष्मण देवकोटाले बताउनुभयो । उहाँका अनुसार बस्ती क्षेत्रमा चार÷पाँच मिटर चौडाइमा नै कालोपत्र भइरहेको छ । उहाँले भन्नुभयो, “जतिमा गर्न सकिन्छ त्यतिमा कालोपत्र गरेर पनि चाँडो टुङ्ग्याउन लागिएको छ ।”

सरकारले गत वर्ष विस्तारका क्रममा रहेका सडकमा जति चौडाइ उपलब्ध हुन्छ त्यतिमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सडक विभागले निर्माण व्यवसायीलाई निर्माणस्थल उपलब्ध गराउन सकेको थिएन । सडक छेउका घरहरुले घर भत्काउन नमानेपछि सडक खाल्डैखाल्डा भएको थियो । सडकको प्रयोग गर्ने धेरै सवारी चालकले समेत कठिन यात्रा गर्नुपरेको थियो । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पटक–पटक सडक अवरुद्धसमेत गरेका थिए । सङ्गठितरूपमा घर भत्काउन नमानेका स्थानीयवासीले नै उपलब्ध चौडाइमा चाँडो कालोपत्र हुनुपर्ने माग गर्दै आएका थिए ।

विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडक पनि सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिइएको सूचना अधिकारी देवकोटाले बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरुमा सडक चौडाइ बढाउन खोज्दा सडक निर्माण हुनसकेको थिएन भने गत आवमा कोभिड–१९ का कारण निर्माण अवरुद्ध बन्न पुगेको थियो । चालु आवमा काम गर्ने वातावरण भए पनि केही समय पहिलेसम्म गृह मन्त्रालयले खानीजन्य उद्योग बन्द गर्दा निर्माण सामग्रीको अभाव भएको थियो । सबै किसिमका समस्या हट्दै गएकाले अहिले अधिकांश स्थानमा निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “अबको केही महिनाभित्रै सबै सडक सकाउनुपर्छ भनेर काम भइरहेको छ ।”

ठेचोबाट टाखेलसम्मको सडक गत आवमा नै सम्पन्न भइसकेको थियो । ढोलाहिटीबाट सुनाकोठी हुँदै ठेचोसम्मको सडक अहिले निर्माण भइरहेको छ । ढोलाहिटीबाट सुनाकोठीसम्म दुईवटा प्याकेजमध्ये एउटा प्याकेज सकिन लागेको र अर्काे प्याकेजमा बाँकी रहेकामा छिट्टै सकाउने लक्ष्य लिइएको देवकोटाले बताउनुभयो ।

सोही सडकको चापागाउँबाट–लेलेसम्मको सडक पनि सम्पन्न नभएको आयोजनाले जनाएको छ । अन्यत्र उपलब्ध चौडाइमा निर्माण भइरहेकामा टाखेलबाट टीकाभैरवसम्म वन क्षेत्रमा १४ मिटर चौडाइमा निर्माण भइरहेको छ । वन क्षेत्रमा माटो खन्ने काम भइसकेको र त्यहाँ सडक कालोपत्र बाँकी रहेको सूचना अधिकारी देवकोटाले बताउनुभयो । त्यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत छ । निर्माण शुरु भएको चार वर्षपछि सो सडक मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । बीस मिटर सडक कालोपत्र गर्ने विसं २०७३ र २०७४ मा ठेक्का सम्झौता भएकामा अहिले छ÷सात मिटर चौडाइमा कालोपत्र भइरहेको हो ।

सडकलाई यथास्थितिमै कालोपत्र गर्न सडकसँगै घर भएका स्थानीयवासीले माग गरेकाले चौडाइ नबढाई कालोपत्र गरिएको आयोजनाले जनाएको छ । सो सडकमा रहेका स्थानीय तहले पनि सडक विस्तार गर्नुभन्दा भएकै सडकमा कालोपत्र चाहेका थिए । ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सडक रहेको छ । गोदावरीका पदाधिकारी घर भत्काएर सडक विस्तार गर्न नहुने पक्षमा रहेका र ललितपुरका पदाधिकारीले चासो देखाएका थिएनन् । सडक नजिक रहेका विभिन्न मठमन्दिर र पाटी भत्काउन नहुने भन्दै स्थानीयवासीले आवाज उठाउँदै आएका थिए । सडक विस्तारकै क्रममा हुँदा पनि सडक नजिकै रहेका पुरानो पाटी मर्मत र नयाँ पाटी निर्माण भएको थियो ।

सडक निर्माणका लागि ठेक्का सम्झौता हुँदा सडकमा पैदलयात्रु मार्ग, पानी बग्ने पाइपलगायतका संरचना निर्माण गर्ने उल्लेख थियो । सडकको चौडाइ बढाउन नसकिएकाले ती संरचनाको निर्माण भएको छैन । केही वर्ष पहिले सातदोबाटो–खुमलटार सडक पनि संरचना भत्काएर मापदण्डानुसार निर्माण भएको थियो ।

खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र सडक एक लेनको मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन् । टाखेलबाट लेलेसम्मको वन क्षेत्रमा मात्रै सडक एक लेनभन्दा बढीको बनेको छ । झण्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । एउटा प्याकेजमा आव २०७३ मा र अरु दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको अवधि पछिल्लोपटक माघमा सकिँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध