८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संसोधन, श्रमिकलाई के के सुविधा थपिए ?

२ फाल्गुन २०७७, आईतवार १२:३०

मनोज पराजुली । फागुन २, काठमाडौँ । सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) गरी  कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषदको माघ २९ गतेको वैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) स्वीकृत गरेसंगै कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

सामाजिक सुरक्षा कोपले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजना गरी ४ किसिमका सुविधा योजनाहरू सञ्जालन गर्दै आएको छ ।  कोषले संचालन गरेका योजनामा निजी क्षेत्रले असहमति राख्दै आएका थिए । सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगारदाता तथा श्रमिकहरूले उठाउँदै आएका माग, चाहाना र आकांक्षाहरूलाई सम्बोधन गर्ने उद्देश्यले त्रिपक्षीय छलफल, अन्तर्किया र सहकार्यका माध्यमबाट कार्यविधिको दोश्रो संशोधन गरिएको कोषले  प्रवक्ता विवेक पन्थीले बताए ।


के के सुविधा थपिए ? 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट पारिएको  छ । अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेका वा कम उपयोग गरेकाहरूले सो सीमाभित्र रही बाँकी रहेको रकम अस्पतालमा भर्ना भई उपचार गर्दा थप हुन सक्ने व्यवस्था मिलाइएको प्रवक्ता पन्थीले बताए । मातृत्व सुरक्षाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात ६ हप्ता सम्मको उपचार खर्चसमेत पाउने गरी थप व्यवस्थित बनाइएको कोषले जनाएको छ । यसै योजनाअन्त्तगत निवृत्तभरण प्राप्त गरेका योगदानकर्ताले चाहेमा आफ्नो मासिक निवृत्तभरणवाट निश्चित रकम कट्टा गरी औषधि उपचार सुविधालाई निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रोजगारीजन्य दुर्घटनाको उपचारलाई पारदर्शी बनाउनकोपलाई जानकारी गराउने व्यवस्था गरिएको छ । यसै योजनाअन्तर्गत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ । आश्रित परिवार सुविधा योजनाअन्तर्गत विदेशी नागरिकको मृत्यु भई निजको हकवालाले पाउने रकम एकमुष्ट लिन चाहेमा सात लाख रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ ।

कोषबाट सञ्चालनमा ल्याइएको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको कोषले जनाएको छ । 

निवृत्तभरण योजनामा जम्मा भएको कुल रकमलाई १८० ले भाग गरी मासिक रुपमा निवृत्तभरण दिने व्यवस्था भएकोमा १८० भाजकलाई १६० कायम गरी मासिक निवृत्तभरण रकम अधिक हुन सक्ने गरी व्यवस्था मिलाइएको छ । २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ । 

अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरवाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमा हुँदै ८० प्रतिशतसम्म विषेश सापटीको रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । अवकाश सुविधा योजनाअन्तर्गत नियमित रुपमा ८.३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भई आएको रकम, योगदानकर्ताहरूले चाहेमा न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पुरा भएका योगदानकर्ताहरूको निवृत्तभरण अन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको छ ।

सामजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ को दोस्रो संशोधनवाट सुविधा योजनाहरूलाई उच्चतम तहमा पुयाउने, योगदानकर्ता मैत्री बनाउने तथा योगदानकर्ताको हितमा परिचालन गराई दिगो सुनिश्चित प्रतिफल हासिल गर्ने कोषले अपेक्षा लिएको जनाइको छ ।

सरकारले २०७५ मङ्सिर ११ गतेबाट औपचारिक शुभारम्भ गरेको सामाजिक सुरक्षा योजनामा हालसम्म १३ हजार २ सय ६१ रोजगारदाता तथा १ लाख ८९ हजार २३४ योगदानकर्ता सहभागी भएका छन् ।औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा दावी भुक्त्तानी १५ सय ७२, आश्रित परिवार सुरक्षा दावी भुक्त्तानी २ सय ५६, दुर्घटना तथा अशक्तता सुरक्षा दावी भुक्त्तानी ८९ र उपदान दावी भुक्तानी ९० गरि  कुल २ हजार ७ दावी भुक्तानी अन्तर्गत हालसम्म ३ अर्व ३७ करोड खर्च भएको कोषले जनाएको छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध