११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै अघि बढेन तीनकुने पुल निर्माण

२४ फाल्गुन २०७७, सोमबार ०८:३९

सञ्चिता घिमिरे । फागुन २४, काठमाडौँ । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो । पुरानो ठेक्का तोडिए पनि नयाँ ठेक्कामा जान बाँकी रहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । 

सो पुल निर्माणका लागि लाग्ने लागतको अनुमानको काम सडक विभागले गर्न बाँकी रहेको आयोजनाका प्रमुख गुरु अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागबाट त्यो आएपछि नयाँ ठेक्काका लागि प्रक्रिया हुनेछ ।”

निर्माण व्यवसायीको लापरवाहीका कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो ।  यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ । सो पुल यसअघि निर्माण कम्पनी आफैँले डिजाइन गर्नेगरी (डिजाइन एण्ड बिल्ड) सम्झौताका आधारमा निर्माण शुरु गरिएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

यसअघि निर्माणको काम गरेको कम्पनीले गरेकोमध्ये प्राविधिक हिसाबले समस्या नभएको संरचना मात्रै स्वीकार गरिएको छ । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । 

कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको उहाँले बताउनुभयो । काम गर्न आवश्यक रकम पेश्की (मोबाइलाइजेसन) पहिले  कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको उहाँले बताउनुभयो । 

नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणका लागि साढे दुईदेखि तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले विसं २०७१ मा नै सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुई÷दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएर गत वर्षदेखि नै प्रयोगमा आइसके पनि सो पुल निर्माण अघि बढ्न सकेको थिएन । यसअघि रु २१ करोड ३३ हजार बजेटमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको थियो ।

नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्स एण्ड ब्रिज) बाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । पुल साँघुरो भएकाले तिनकुने क्षेत्रमा सवारी चाप बढी हुँदा चालक र यात्रु हैरान छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह