सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयो"/>
२० मंसिर २०८२, शुक्रबार
अर्थ/विकास

पाँच महिना देखी नगरपालिकाका गाउँ अन्धकार

२३ श्रावण २०७३, आईतवार ०४:२७

सम्राट सिंह | साउन २३, बझाङ | लाईन वितरण बढी र उत्पादन कम भएर विद्युतको कामचलाउ उपयोग गर्दै आएका जयपृथ्वी नगरपालिकाका गाँउहरु विद्युत मर्मतका कारणले  विगत ५ महिना देखी अन्धकारमा छन् । जाईका संस्थाले डोग्री विद्युत गृहको  मर्मत गरिरहेकाले  सरकारी कामकाज र सदरमुकाम चैनपुर बजारलाई मध्यनजर गरि जेनेटर चलाएर केहि क्षण बैकल्पीक विद्युतको आपुर्ती गरिए पनि चैनपुर बाहिरका २ हजार परिवार पुर्णरुपमा अन्धकार छन् । 

पावर हाउस र बाँधको पुनर्निमाण गर्दा विद्युत लाईन सुचारु गर्न नसकिने  भएपछि गएको चैत्र महिनामा जाईका संस्थाका कर्मचारी र र्निमाण कम्पनीहरुले  विद्युत बन्द गरि दिएका हुन  । 

आज विद्युत आउला भोली आउला भन्दै पर्खेको ५ महिना विति सक्यो सुवेडाका दिपकराज जोशीले भने तर अहिले सम्म गाँउलेहरुले टुकी बालेर रात काट्नु परेको छ ।  जिर्ण विधुत गृह जाईकाले मर्मत गरेपछि त राम्रै विजुली आउला भन्ने सोचेका थिऔ उनले भने उल्टो उनिहरुकै प्राविधिक कारणले आज सम्म विधुत आउन रोकिएको सुनिएको छ  ।  विधुत सुचारु नहुदाँ नगरपालीका भित्रका हेमन्तवाडा, लुयाटा, चैनपुर,  रिठापाटा र सुवेडा अन्धकार छन्  । जाईका सस्थाको लगानीमा जापानकै मारुतीसिङ र फुजी नामक र्निमाण कम्पनीले ठेक्का लिएर जिर्ण विधुत गृहको पुन र्निमाण गरि रहेको हो । विधुत गृह संचालन गर्दै आएका  सुर्मादेखी विधुत प्रालीका प्रबन्धक नवराज जाग्रीले उनिहरुकै प्राविधिक कमजोरीले विधुत सुचारु गर्न बाधा भएको वताए  । उनले भने पुन र्निमाणको काम सवै सकिएर जाईकाको टोली फिर्ता भएको हो तर नहरमा पानी नआउने मेसिनको समस्याले विधुत नियमित गर्न गाह्रो छ । 

२ सय किलोवाट क्षमताको विधुत गृह भएपनि उनिहरुले जडान गरेको मेसिन वाट १ सय ५० भन्दा बढी विधुत उत्पादन भएको छैन प्रबन्धक जाग्रीले भने बालुया ढुड्गा जम्मा  भएर नहरमा पानी छिर्ने सक्दैन कसरी विधुत बल्छ ? गतवर्ष वाट पुन र्निमाणको काम सुरु गरेको जाईकाले साविककै २ सय किलोवाट पनि विधुत उत्पादन गरेन । जाईकाले २ सय किलो वाट  विधुत मर्मतका लागी झण्डै ८० करोड खर्च गरेर सदरमुकाम चैनपुर लगाएत वरपरका २ हजार घर परिवारको  विधुतको सुविधा नपाएपछि यसको लगानी त्यसै खेरजाने भएको पत्रकार हिक्मत सिंहले वताए । उनले भने विधुत जिर्णहुदाँ पनि जुनकिरी जस्तो विधुत थियो अहिले करौडौ खर्च गरेर मर्मत गर्दापनि यस्तो अवस्था आएपछि काम गरेको अर्थ भएन  । यता जाईका सस्थाका प्रतिनिधि भरतजंङ कार्कीले आयोजनामा केहि प्राविधिक समस्या आएकाले विधुत सुचारु गर्न समस्या भएको तर टोली बर्खापछि फिर्ता भएर बाँकी काम गर्ने वताए । विधुत गृहवाट विधुत नआएपछि अहिले पनि पावर हाउस र्निमाण कम्पनीहरुले सदरमुकामका लागी जेनेटर बालेर विधुत दिई रहेको छ ।  नेपाल सरकार विधुत प्राधिकरणको स्वामित्वमा रहेको बझाङ साना जलविधुत योजना डोग्री  ४०  वर्षअगाडी  र्निमाण भएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान