१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

२८ फाल्गुन २०७७, शुक्रबार ०९:५३

नरेन्द्रसिह कार्की । फागुन २८, दार्चुला । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ ।

जिल्लामा आधा दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । केहीले आयोजनाको काम शुरु गर्ने तयारी गरेको छ । बाह्रैमहिना अटुटरुपमा बगिरहने चमेलिया नदी र चमेलियाका सहायक नदी, मकरिगाड, नौगाड, क्षतिगाडलगायतका खोलाबाट अहिले विद्युत् उत्पादनको थालनी भइरहेको छ ।

शैल्यशिखर नगरपालिका–१ बलाँचमा ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले चार वर्षअघिबाट विद्युत् उत्पादन शुरु गरिसकेको छ । चमेलिया जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण, सिजीजिसी चाइना गेजुवा कम्पनी र कोरियो हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनी केएचएनपीले निर्माण गरेको हो ।

सन् २००७ देखि निर्माण शुरु गरिएको यस आयोजनाको शुरुमा रु आठ अर्बको लागत अनुमान गरिएको भए पनि झण्डै रु १५ अर्ब ६० करोडमा आयोजना निर्माण भएको हो । यो विद्युतबाट अहिले सुदूरपश्चिम उज्यालो बनेको छ । नौगाड गाउँपालिकामा आठ मेघावाट क्षमताको अपर नौगाड र ८.५ मेघावाटको नौगाड जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको छ । नौगाड खोलामा उत्पादन भएको विद्युत्लाई चमेलिया जलविद्युत् आयोजनाको शव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाईनमा विद्युत् जडान गरिएको छ । 

निजी क्षेत्रको अपि पावर कम्पनीले यी दुवै जलविद्युत् निर्धारित समयमै निर्माण सकेको हो । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको आयोजनाले गत वर्षबाट विद्युत् उत्पादन शुरु गरेको हो । मार्मा गाउँपालिका–२ घट्टेगाडमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ४० मेघावाटको अपर चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ । 

अपि हाइड्रो प्रालिले निर्माण गर्न लागेको यस आयोजनाको चार महिनाअघिबाट काम शुरु गरिएको हो । अहिले आयोजनास्थलमा निर्माणको काम तीव्र गतिमा भइरहेको अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले बताउनुभयो । “अहिले सबै काम चलिरहेको छ”, उहाँले भन्नुभयो, “निर्धारित समयमै काम सक्ने योजना छ ।”

बीस महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाले अहिले काम गरिरहेको छ । आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड छ । अपि पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको जलविद्युत यो तेस्रो हो । दुई सय पाँच मिटर हेड (उचाइ) रहेको आयोजनाका लागि ३.२ मिटर ब्यास (डायमिटर) को करीब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सवस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लख युनिट विद्युत् उत्पादन हुनेछ । यस्तै अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड हाइड्रो निर्माणाधीन छ । दुई वर्षभित्रै निर्माण सक्ने गरी अहिले आयोजनाको काम चलिरहेको छ । 

जिल्लामा १३.९४ मेघावाट क्षमताको क्षतिगाड जलविद्युत् आयोजना, ३५ मेघावाटको मध्यचमेलिया जलविद्युत् आयोजना पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् । यस्तै यही खोला र आसपासका खोलाबाट विद्युत् निकाल्ने गरी कयौँ परियोजनाले डिपिआर तयार गरी निर्माणका लागि इजाजत लिने प्रक्रियामा रहेका छन् ।  

यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश, स्थानीयको सहभागितामा अपिहिमाल गाउँपालिकाको वडा नं ३ छति र वडा नम्बर ६ मज्जे खोलामा १०० किलोवाट क्षमताको विद्युत् निर्माणाधीन छ । क्षतिगाडमा निकस्ने विद्युत् नयाँ वर्षसम्म बाल्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्याल बताउनुहुन्छ । विकट क्षेत्रमा निकै मेहनताका साथ काम भइरहेको छ । अपि उज्यालो बनाउने अभियानअन्तर्गत यो विद्युत् निर्धारित समयमै सम्पन्न गर्ने गरी काम हुँदैछ ।

यस्तै अपिहिमाल–३ कै काटैमा १० किलोवाट क्षमताको विद्युत् गृह निर्माण हुँदैछ । मार्मा गाउँपालिकाको वडा नं २ घट्टेगाडमा २४ किलोवाट क्षमताको लघु जलविद्युत् निर्माणको अन्तिम चरणमा छ । विद्युत्को सफल परीक्षण भएको छ । निर्माणको काम थोरै बाँकी रहेको निर्माण समितिका अध्यक्ष कृष्णसिंह विष्टले बताउनुभयो ।

यसअघि जिल्लामा गरिबी निवारण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा लघु जलविद्युत् उत्पादनको काम भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्करमा समेत गरिबी निवारण कोषमार्फत विद्युत् निर्माण गरिएको छ । कालापानी नजिकैका गाउँमा हेलिकप्टरमार्फत सामग्री ढुवानी गरेर विद्युत् निर्माण गरिएको हो । 

जिल्लामा गरिबी निवारण कोषको सहयोगमा विगतमा ४८ वटा साना लघु जलविद्युत् निर्माण गरिएको छ भने पाँच हजार ९६३ घरधुरीमा विद्युत्को पहुँच पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल