साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले यहाँ सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले यहाँ सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २०"/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

बाढीका कारण २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर

२३ श्रावण २०७३, आईतवार ०७:२५

साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले यहाँ सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त खोलामा निमार्णाधीन माग्री जलविद्युत् आयोजनाको निर्माण भइसकेको २६५ मि पक्की नहर बिग्रेको हो । विसं २०५३ मा दुर्गम क्षेत्र विकास समितिले माग्री गाविसका ५, ६, ७, ८ र ९ वडाका ४०० घरधुरीलाई लक्ष्य गरी २५ किलोबाट विद्युत् उत्पादन गर्ने गरी निर्माण थालेको सो आयोजना यस वर्ष भदौ मसान्तमा सम्पन्न भएर आगामी दसैँमा उद्घाटन गर्ने योजना रहेको आयोजनाका अध्यक्ष सोनाम लामा बताउनुहुन्छ । 

दसैँदेखि विद्युत् उत्पादन भई वितरण हुने भएपछि गाउँलेले आआफ्ना घरमा विद्युतीय सामान जडान गरिरहेका थिए । एक्कासि बाढीले नहर बिगारेपछि अब कहिले बन्ने हो भनेर आफूहरु चिन्तित भएको माग्री गाउँका पात्मा नाम्गेल तामाङ बताउनुहुन्छ । 

बीस वर्ष बितिसक्दा पनि कम बजेटका कारण निर्माण ढिलाइ भएको भन्ने जनगुनासो आएपछि यस वर्ष दुर्गम क्षेत्र विकास समितिले रु तीन लाख, नेपाल जलवायु सहयोग कार्यक्रमले रु पाँच लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमले रु १४ लाख विनियोजना गरेका थिए । निमार्णाधीन सो आयोजना जिल्ला सदरमुकाम गमगढीबाट १२ कोस पूर्वमा छ । 

यसैबीच शुक्रबार र शनिबार राति परेको पानीले श्रीनगर गाविस– ३ ठिनीका वीरबहादुर खड्काको चारतले घर, श्रीनगर चारघाटका प्रवेश मल्लको चारकोठे घर र श्रीनगर चार घरकै मानबहादुर मल्लको दुईतले घर पूर्ण रुपमा भत्केको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला