साउन २३, भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । 

चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । 

चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगदेबालीबाट चवालिस अर्ब आम्दानी

२३ श्रावण २०७३, आईतवार ०८:१९

साउन २३, भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । 

चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र फलफूलबाट रु १७ अर्ब ३७ करोड ५१ लाख १८ हजार आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो । चैते धानबालीबाट रु एक अर्ब ६२ करोड ५२ लाख ५० हजार, वर्षे धानबाट रु आठ अर्ब ९३ करोड ६३ लाख ७५ हजार, गहुँबाट रु ७९ करोड ३६ लाख र मकैबालीबाट रु तीन अर्ब ५४ करोड छ लाख आम्दानी भएको छ । 

यस्तै कोदोबाट रु ११ करोड ७८ लाख १० हजार, फापरबाट रु सात करोड ९२ लाख, जुसबाट रु पाँच करोड ७४ लाख ७५ हजार, आलुबाट रु पाँच अर्ब ५४ करोड ८० लाख, तेलहनबालीबाट रु ४३ करोड ८० लाख, दलहनबालीबाट रु ६९ करोड ८० लाख ६० हजार, चियाबाट रु तीन अर्ब तीन करोड ३० लाख र माछापालनबाट रु १९ करोड चार लाख आम्दानी भएको कार्यालयले जनाएको छ । 

यसैगरी सुपारीबाट रु एक अर्ब ५२ करोड १५ लाख २० हजार, नरिवलबाट रु तीन करोड ९० लाख ६० हजार, मरिचबाट रु २१ लाख १२ हजार, रबरबाट रु चार करोड १० लाख र पानबाट रु एक लाख ७२ हजार आम्दानी भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’