१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक:मन्त्री अर्याल

९ चैत्र २०७७, सोमबार ०८:४७

चैत ९, काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताउनुभएको छ । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । 

उहाँले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडिआई’ लागु गर्न आवश्यक रहेको बताउनुभयो । वैदेशिक लगानी भित्राउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक कुरा भएको भन्दै उहाँले तर धेरै आशंका गरेर विकासका कामहरु रोक्ने कुरा राम्रो नहुने बताउनुभयो । ‘हाम्रो सामथ्र्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्राएर जानुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरुलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ । वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै आशंका गरेर विकास कामहरु रोक्ने कुरा राम्रो होइन ।’

सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्राएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाई थियो । उहाँले भन्नुभयो, ‘ठुला–ठुला देशमा पनि एफडिआई लागु भएको छ र कृषिको विकास भएको छ । कृषि क्षेत्रको विकासका लागि नेपालमा ठुलो लगानीको जरुरी छ ।’ 

एफडिआईका बारेमा चिन्ता गर्नु राम्रो भए पनि धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत भएको उहाँको भनाई थियो । मन्त्री अर्यालले वैदेशिक लगानीका सन्दर्भमा दस्ताबेजहरु अध्ययन गरेर उचित कार्यविधि बनाउनतर्फ सबैको चासो र चिन्ता हुनुपर्ने समेत बताउनुभयो । ‘सरकारले कृषि क्षेत्रको विकास गर्ने लक्ष्य लिएको छ । 

जसअनुसार कृषिमा ठुला लगानीको आवश्यकता छ तर, जुन कुरा हाम्रो क्षमताले मात्र भ्याउँदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘हाम्रो सामथ्र्यले नभ्याउने अवस्थामा विदेशी लगानी आकर्षित गरेर कृषि क्षेत्रको विकास गर्ने, उत्पादन पनि बढाउने र निर्यात पनि गर्ने हिसाबले जानुपर्छ ।’

यसबारे कार्यविधि बनाउन बाँकी नै रहेकोले आवश्यक अध्ययन र छलफल गरेर मन्त्रालयलाई सल्लाह सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो । 

यो सिजनसम्मका लागि सरकारले मलको व्यवस्था गरेको भन्दै उहाँले अब मलको तत्कालिन, मध्यकालिन र दिर्घकालिन समाधानका निम्ती योजना बनाएर लागिसकेको बताउनुभयो । त्यसैका निम्ती सरकार मल कारखाना बनाउने दिशामा अगाडी बढेको भन्दै उहाँले कारखाना निर्माण गर्न केही समय लाग्ने देखिएकाले अहिलेको समस्या समाधान गर्नका निम्ती सातै प्रदेशमा आवश्यक रहेको मदको विवरण माग गरिएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह