साउन २३, पर्वत | स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले पर्वत जिल्लामा ६ स्थानीय तहको संरचना प्रस्ताव गरेपछि पर्वत जिल्लामा सरोकारवाला निकायविच संरचना निर्माणका विषयमा बहस शुरु भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्वत | स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले पर्वत जिल्लामा ६ स्थानीय तहको संरचना प्रस्ताव गरेपछि पर्वत जिल्लामा सरोकारवाला निकायविच संरचना निर्माणका विषयमा बहस शुरु भएको छ । 

२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानिय तहको संरचनामा निर्माणमा बहस शुरु

२३ श्रावण २०७३, आईतवार १४:१७

साउन २३, पर्वत | स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले पर्वत जिल्लामा ६ स्थानीय तहको संरचना प्रस्ताव गरेपछि पर्वत जिल्लामा सरोकारवाला निकायविच संरचना निर्माणका विषयमा बहस शुरु भएको छ । 

आयोगले जनसंख्या वितरण, क्षेत्रफल, जिल्लाको प्रकृति, जिल्ला समन्वय समितिको संरचना र र विद्यमान स्थानीय निकायको संख्याको अनुपातलाई आधार मानेर स्थानीय तह निर्धारण गर्ने क्रममा दुइ निर्वाचन क्षेत्र रहेको पर्वतका ६ स्थानीय सरकारको प्रस्ताव गरेपछि सिमांकनका विषयमा कसरी मिलाउँदा सहज हुन्छ भन्ने बारेमा जिल्लामा रहेका राजनीतिक दल तथा सरोकारवाला निकायविच बहस शुरु भएको हो ।जिल्ला विकास समितिका प्रमुखको संयोजकमा रहेको समितिले जिल्लाका  राजनीतिक दलका प्रतिनिधि, विज्ञ, पत्रकार तथा सरोकारवाला लगायतसँगको स्थानिय निकायको संरचनाको विषयमा छलफललाई तिब्रता दिएको छ । 

आइतबार उक्त समितिले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग जिल्लाको स्थानिय तह संरचनाको बारेमा छलफल गरेको छ । सिमांकन र स्थानिय तह निर्माणपछि हुने विविध विषयका बारेमा छलफल गरेको थियो ।

एउटा गाउँपालिका हुन २५ हजार तथा नगरपालिका हुन ३५ हजार जनसङ्ख्या हुनुपर्ने आयोगले प्रारम्भिक प्रस्ताव छ । आयोगले तोकेको मापदण्ड अनुसार गाउँपालिका वा नगरपालिकाका प्रत्येक वडामा यथाशक्य बराबर जनसङ्ख्या रहने गरी नाक्साङ्कन बनाउने तोकेको छ । स्थानिय निकायको तह संरचना तयार भएपछि  हाल पाइरहेका सेवासुविधा अझ सहज रुपमा पाउने र सक्षम स्थानीय तह हुनुपर्ने आवश्यकताबीच सन्तुलन कायम गरी स्थानीय तहको सङ्ख्य निर्धारण हुनेछ । आयोगले तोकेको जनसंख्यालाई गाँउपालिकामा गाभिने गाविसको जनसंख्या सहित आवश्यक प्रक्रिया सुरु गरिने छ । जनताले पाइरहेका सेवामा कमी नहुने गरी वडा वा संयुक्त वडा सेवा केन्द्रबाट र यसअघि केन्द्र, क्षेत्र र जिल्लाबाट पाइरहेका अधिकार समेत सम्बन्धित स्थानीय तहको केन्द्रबाट प्रदान गर्ने गरी संरचनागत र संस्थागत व्यवस्थाको सिफारिस समेत आयोगले गर्नेछ ।

नेपालको संविधानको  धारा २९५ को उपधारा ३ अनुसार गत वर्ष चैत १ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन ‘सङ्घीय आयोगको गठन’ गरेको थियो ।

आयोगको कार्यकाल एक वर्ष अर्थात् आगामी फागुन मसान्तसम्म रहने संवैधानिक व्यवस्था छ । जिल्लामा जनसंख्या सहित गाँउपालिकाका लागि प्रस्ताव गरेपछि जिल्लामामा गाउँपालिकाको केन्द्र सहित नगरपालिकाको विस्तारसम्म बहस शुरु भएको छ । 

स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अधिकतम समय सबैभन्दा टाढाको बस्तीलाई आधार मानी निर्धारण गरिएको छ ।  सेवा लिन पैदल पुग्न लाग्ने समय भने हिमालमा ८ घन्टा, पहाडमा ६ घन्टा र तराईमा ४ घन्टा तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मकवानपुरमा भीरबाट खस्यो सुमो, ९ जना घाइते पार्टीको झण्डा ओडाएर नेता बोहोराकाे अन्तिम श्रद्धाञ्जली मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय प्रहरीको स्पष्टीकरण– उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलायौँ भारत गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो पत्रकार सुरेशकाे पोस्टमार्टम रिपोर्ट- ‘शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो, गोली लागेको छैन’ मञ्चमा ज्ञानेन्द्रको जत्रै दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ- राप्रपा उपाध्यक्ष तामाङ म्यानमारमा भूकम्पबाट अहिलेसम्म २८८६ जनाको मृत्यु  रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग