८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

१८ चैत्र २०७७, बुधबार ०८:५२

चैत १८, काठमाडौँ । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो । 

विसं २०६३ मा बन्द रहेको ट्राफिक बत्ती ११ वर्षपछि २०७४ सालबाट सञ्चालनमा आएको थियो । उक्त वर्षको चैत १३ गते नयाँ बानेश्वर चोक र महाराजगञ्ज चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यस्तै २०७१ सालमा काठमाडौँमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा ट्राफिक बत्ती जडान भए पनि सोही बत्ती राम्रोसँग सञ्चालन हुन सकेको थिएन । 

काठमाडौँ उपत्यकामा जडान भएका ट्राफिक बत्तीमध्ये २० सडक विभाग, चार ललितपुर महानगरपालिका, दुई काठमाडौँ महानगरपालिका, दुई माछापुच्छ«े बैंक, एक सनराइज, एक प्राइम र एउटा त्रिपुरेश्वर रोटरी क्लबको सहकार्यमा जडान गरिएको हो जसमध्ये अल्का अस्पताल अगाडि, महापाल चोक, हरिहरभवन र पुल्चोक ललितपुर महानगरपालिका, ल्होत्से चोक र भाटभटेनी चोकको काठमाडौँ महानगरपालिका, लैनचौर र एकेडेमी मोडको माछापुच्छ«े बैंक, गैह्रीधारा चोकको सनराइज बैंक, कृष्ण पाउरोटी चोकको प्राइम बैंक र त्रिपुरेश्वर चोकको त्रिपुरेश्वर रोटरी क्लबले जडानमा सहकार्य गरेका हुन् । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई ट्राफिक बत्तीको जडानसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । “प्रविधिमैत्री बत्तीको प्रयोगसँगै ट्राफिक जनशक्ति कम देखिदा ट्राफिकको काम समेत सहज हुनेछ”, उहाँ भन्नुहुन्छ । 

नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । २०३७ सालमा जाइकाको सहयोगमा उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । जाइकाले बत्ती जडान गरेको केही समय बत्ती बलेर ट्राफिकले केही सहजता  पाए पनि पछि बत्ती बिग्रेसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला ट्राफिक बत्ती जडानसँगै चालकमा सडक अनुशासन कायम हुने बताउनुहुन्छ । “सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती अति आवश्यक छ”, उहाँ भन्नुहुन्छ । 

महाशाखाले केही समयपहिले गरेको अध्ययनमा काठमाडौँ उपत्यकाभित्र हुने ट्राफिक जाम न्यूनीकरणका लागि १३९ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने देखिन्छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध