२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केराउ आयातका लागि १५ गुणासम्म आवेदन

२०७७, २० चैत्र शुक्रबार ०९:४९

चैत २०, काठमाडौँ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो । परिमाणमा कोटा तोकिएभन्दा १५ गुणा वस्तु आयातको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

विभागको बुधबार साँझको तथ्याङ्कअनुसार केराउमा १५, सुपारीमा नौ, छोकडामा आठ र नधुल्याइएको मरिचमा नौ गुणसम्म आवेदन परेको छ । सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी प्रतिबन्ध हटाएको हो ।

लामो समयपछि चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएपछि उक्त वस्तुको आयातमा व्यवसायीको माग धेरै आएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार साँझसम्म केराउ आयातका लागि २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन र सुपारी आयातका लागि ७५ वटा निवेदनबाट दुुई लाख २७ हजार २७० मेट्रिक टनको माग आएको छ ।

यसैगरी, छोकडा आयातका लागि १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन र  नधुल्याइएको मरिच आयातका लागि १६९ वटा निवेदनबाट एक लाख ४० हजार ८२ मेट्रिक टनको माग आएको छ । उक्त वस्तु पैठारीकर्ताबाट माग भएको वस्तु तोेकिएको समयमा आयात हुने निश्चित गर्न आवश्यक कागजात संलग्न नै नगरी निवेदनमा माग गरेको परिमाण मात्र उल्लेख गरी निवेदन आएको विभागले जनाएको छ ।

विभागले आयातित वस्तु वास्तविक उपभोक्तासम्म पुग्ने निश्चितताका लागि आयातकर्ता कम्पनीसँग व्यवसायको कम्पनी, उद्योग, वाणिज्य दर्ता अनुमतिपत्र, गत आव २०७६/७७ सम्मको करचुक्ता प्रमाणपत्र, आयात गर्ने सम्भावित मुलुक र यसअघि आयात गरेको विवरण र परिमाण खुल्ने कागजपत्र पेश गर्न विभागले आग्रह गरेको छ । गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरूपमा रोक लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने