१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केराउ आयातका लागि १५ गुणासम्म आवेदन

२० चैत्र २०७७, शुक्रबार ०९:४९

चैत २०, काठमाडौँ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो । परिमाणमा कोटा तोकिएभन्दा १५ गुणा वस्तु आयातको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

विभागको बुधबार साँझको तथ्याङ्कअनुसार केराउमा १५, सुपारीमा नौ, छोकडामा आठ र नधुल्याइएको मरिचमा नौ गुणसम्म आवेदन परेको छ । सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी प्रतिबन्ध हटाएको हो ।

लामो समयपछि चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएपछि उक्त वस्तुको आयातमा व्यवसायीको माग धेरै आएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार साँझसम्म केराउ आयातका लागि २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन र सुपारी आयातका लागि ७५ वटा निवेदनबाट दुुई लाख २७ हजार २७० मेट्रिक टनको माग आएको छ ।

यसैगरी, छोकडा आयातका लागि १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन र  नधुल्याइएको मरिच आयातका लागि १६९ वटा निवेदनबाट एक लाख ४० हजार ८२ मेट्रिक टनको माग आएको छ । उक्त वस्तु पैठारीकर्ताबाट माग भएको वस्तु तोेकिएको समयमा आयात हुने निश्चित गर्न आवश्यक कागजात संलग्न नै नगरी निवेदनमा माग गरेको परिमाण मात्र उल्लेख गरी निवेदन आएको विभागले जनाएको छ ।

विभागले आयातित वस्तु वास्तविक उपभोक्तासम्म पुग्ने निश्चितताका लागि आयातकर्ता कम्पनीसँग व्यवसायको कम्पनी, उद्योग, वाणिज्य दर्ता अनुमतिपत्र, गत आव २०७६/७७ सम्मको करचुक्ता प्रमाणपत्र, आयात गर्ने सम्भावित मुलुक र यसअघि आयात गरेको विवरण र परिमाण खुल्ने कागजपत्र पेश गर्न विभागले आग्रह गरेको छ । गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरूपमा रोक लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह