चैत २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र बिक्रीदर १६२ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।