२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१.१३ अंकले बढ्यो नेप्से,कसको कति कारोबार ?

२०७७, २३ चैत्र सोमबार ०९:५३

चैत २३, काठमाडौं । सोमबार शेयर बजार मापक परिसूचक (नेप्से)झिनो अंकले बढेको छ । आज १.१३ अंकले बढेर २६५८.७४ को विन्दुमा रोकिएको हो । आज २ सय १२ कम्पनीको ७३ हजार ५ सय ९८ पटकको कारोबारमा १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

सोमबार ७ अर्ब २९ करोड ५७ लाख ६० हजार १ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ। बैंकिङ ११, विकास बैंक १३, निर्जीवन बीमा १०६ र जीवन बीमा ३८ अंकले घटेका छन्। व्यापार १३२, होटल तथा पर्यटन ११४, जलविद्युत ४६, उत्पादन २४, अन्य ३३, माइक्रोफाइनान्स ३४ अंकले बढेका छन् । 

४ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । यस्तै आज एनआइसी एसिया लघुवित्त, राधी विद्युत, ओमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १०५७, राधीको ४८५, ओमीको १६५८ र सानिमा जनरलको मूल्य ९ सय रुपैयाँ कायम भएको छ । 

श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने