चैत २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २० पैसा र बिक्रीदर ११७ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।