२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मर्चेन्ट बैंकरद्वारा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालीम

२०७७, २५ चैत्र बुधबार १३:४३

चैत २५, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । एशोसिएसले समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।

तालीममा पुँजी बजारका बारेमा कलम चलाउँदै आएका ३० भन्दा बढी पत्रकार सहभागी थिए । जसमा नेपाल धितोपत्र बोर्डका नायव कार्यकारी निर्देशक रूपेश केसी र एशोसिएसनका महासचिव पारसमणि ढकालले बुक बिल्डिङबारे प्रस्तुतीकरण दिएका थिए ।


कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए । सहभागी वक्ताहरूले पुँजीबजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपृने जिकिर उनले गरे ।


बोर्डका पछिल्ला निर्णय र कार्यले पूँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी उनको छ ।  यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । 

सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको भनाइ राखे । उनले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताएका छन् ।


मेरो सेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको छ । तर, पुँजी बजारमा धेरै संस्था आवद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको उनको भनाइ छ । कहिले इन्टरनेट राम्रो नचल्दा पनि सीडीएससीलाई नै दोष दिइने गरेको उनको भनाई छ।


सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले कमजोरी पहिचान गर्नु पत्रकारको धर्म भएको बताए । कहाँनेर हतौडा चलाउँदा कमजोरी हट्छ भन्ने जान्न यस्ता तालीम अति नै महत्वपूर्ण हुने उनको भनाइ छ ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ । गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने